Author: Himalaya Post

सिटिजन्स बैंक र श्री एयरलाइन्सबीच समझदारी, टिकट खरिदमा आकर्षक छुट पाइने

काठमाडौँ –  सटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा एकमुस्ट रु ५०० को आकर्षक छुट पाउनेछन् । सो छुट श्री एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने बैँकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।...

Read More

एमालेको मुख्यालयमा जननेता भण्डारीको प्रतिमा अनावरण

काठमाडौँ– नेकपा एमाले मुख्यालय च्यासलमा जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । बिहीबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्धकदको प्रतिमाको आज अनावरण गरेका हुन् । सो क्रममा ओलीले मदनकुमार भण्डारीको अर्धकदको प्रतिमामा माल्यार्पण गरेका थिए । अनावरण कार्यक्रममा एमालेका शीर्ष नेताहरू सहभागी थिए । कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गर्नुभएको एमालेले जनाएको छ...

Read More

सदनमा सत्तापक्ष र प्रतिपक्षको आरोप–प्रत्यारोप

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्को विपक्षी दल समग्र राज्य र प्रणालीको नभई सरकारको मात्र प्रतिपक्ष भएकाले त्यस अनुसारको भूमिका निर्वाह गर्न प्रमुख प्रतिपक्षसहितका दललाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै सांसद थापाले प्रमुख प्रतिपक्षलाई उत्तेजना र आवेगमा नभई संयमितरुपमा अभिव्यक्ति दिन र राजनीति गर्न आग्रह गरे । उनले भने, “लोकतान्त्रिक प्रणालीमा यो व्यवस्थालाई सार्थक बनाउने हो भने प्रभावकारी प्रतिपक्ष अनिवार्य शर्त हो । सरकारले गरेका काम र दिएका अभिव्यक्तिको खण्डन गर्दा गालीका आधारमा नभई तर्कका आधारमा हुनुपर्छ ।” विपक्षी दलले जल्दाबल्दा विषय समयभित्रै राख्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले विपक्षी भनेको राज्य र...

Read More

राष्ट्रपतिद्वारा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदले पारित गरेको विधेयक राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै विधेयक ऐन बनेर कार्यान्वयनमा आएको छ । यससँगै अब बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ । गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रियसभाले पारित गरेको थियो । त्यसपछि सभामुखले बुधबार प्रमाणीत गर्दै अन्तिम प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए...

Read More

बस दुर्घटनामा दुईजनाको मृत्यु, २७ घाइते

नेपालगञ्ज– बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा आज बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उक्त दुर्घटनामा परी दाङको तुल्सीपुरका  ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको उनले बताए । बस अनियन्त्रित भएको बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले जनाए । उक्त दुर्घटनामा घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण...

Read More