स्वास्थ्य बीमालाई ५ लाख पुर्याउँछौँ : स्वास्थ्यमन्त्री पौडेल
मोरङ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई रु पाँच लाख पुर्याउने बताएका छन् । कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पतालबीच आज यहाँ सम्झौतापत्र हस्ताक्षर समारोहमा उनले सङ्घ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा दिने रकम रु ३१ अर्बलाई एकमुष्ट स्रोत सुनिश्चित गरी बीमालाई रु पाँच लाख पुर्याउने जानकारी दिए । मन्त्री पौडेलले मुलुकमा सुर्ती र मदिराबाट उठ्ने स्वास्थ्य करको ५० प्रतिशत रकम स्वास्थ्य बीमा बोर्डमा हाल्नुपर्ने भन्दै कोशी अस्पतालको सेवा व्यापक सुधारको खाँचो रहेकामा जोड दिए । उनले आज हस्ताक्षर र सम्झौताले अर्बुद रोग उपचारका लागि नागरिकलाई चितवन र भक्तपुरमा जानुपर्ने बाध्यतालाई...
Read More

























