Author: Himalaya Post

पुर्व बैकंरहरुद्वारा एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारी

काठमाडौँ– नेपालमा उत्पादित कृषिजन्य कच्चा र तयारि वस्तुमा आधारित उद्योग व्यवसायलाई विकास र विस्तार गर्ने उद्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारी भईरहेको छ। अमेरिका र युरोपमा एकदमै सफल मानिएको भेन्चर क्यापिटल नेपालमा पनि केही वर्ष अघिबाट प्रारम्भ भइसकेको छ। विदेशी लगानीका दुई वटा र नेपाल धितो पत्र बोर्डबाट स्वीकृत ११ वटा भेन्चर क्यापिटल अहिले कार्यरत छन् । नेपालमा नया प्रयोग भएको तथा देखासिकी र रहरमा खुलेका कम्पनिले उद्देश्य अनुसार काम गर्न सकेका छैनन् । राम्रो सम्भावना भएर पनि पुंजिको अभावमा धेरै उद्योग व्यवसाय राम्ररी चल्न सकेका छैनन् । सम्भावना भएका नया उद्योग व्यवसायमा जोखिम बढि हुने डरले बैकंहरु लगानीगर्न...

Read More

ब्राजिलको सर्वोच्च अदालतद्वारा एक्सलाई देशव्यापी रुपमा निलम्बन गर्ने धम्की

एजेन्सी – ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले एलोन मस्कलाई २४ घण्टाभित्र आफ्नो सामाजिक सञ्जाल एक्सको तर्फबाट लागि कानुनी प्रतिनिधि नियुक्त गर्न आदेश दिएका छन्। न्यायाधिश मोरोसले मस्कले कानुन व्यवसायी नियुक्त नगरेमा सामाजिक सञ्जाल एक्सलाई देशव्यापी रुपमा निलम्बन गरिने चेतावनी दिएका छन्। सर्वोच्च अदालतको आफ्नो आधिकारिक एक्स अकाउन्टमार्फत एलोन मस्कलाई २४ घण्टाभित्र नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न समाह्वान जारी गरेको हो । “सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले बुधबार राति व्यवसायी एवं सामाजिक सञ्जाल एक्सका प्रमुख एलोन मस्कलाई ब्राजिलमा २४ घण्टाभित्र कम्पनीको तर्फबाट नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न आदेश दिनुभएको छ”, अदालतको आधिकारिक साइटमार्फत जानकारी गराइएको छ ।...

Read More

प्रचण्ड र छेपारोबीच रंग फेर्ने प्रतियोगिता गराइदिउँ : गोकुल बास्कोटा

काठमाडौँ – नेकपा एमालेका सांसद गोकुल बास्काटाले डेडिकेटेड र ट्रकलाईन विवाद समाधानका लागि संसदीय समिति गठन गर्न प्रस्ताव गरेका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बास्कोटाले सार्वजनिक लेखा समितिमाथि अनुचित दवाव दिइएको भन्दै डेडिकेटेड र ट्रकलाईन विवाद समाधानका लागि संसदीय समिति गठन गर्न प्रस्ताव गरेका हुन् । उनले तत्कालीन प्रचण्ड सरकारले नै व्यवसायीहरुले डेडिकेटेड र ट्रकलाईन विद्युत उपयोग गरेबापतको बक्यौता घटाउने काम गरेको दाबी गरे । ‘लेखा समितिको निष्कर्ष के हो भने महालेखा परीक्षकले २२ अर्ब रुपैयाँ बेरुजु देखाएको छ । त्यो पैसा उठ्नुपर्छ । हामीले भनेको त्यही हो । त्यो पैसा किन उठेन भनेर हामीले भनेको हो...

Read More

मध्यभोटेकोसीको प्रसारण लाइन निर्माणमा सहमति जुट्यो

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोक क्षेत्र नं २ का सङ्घीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, वडाध्यक्ष, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबीच बुधबार भएको छलफलमा उक्त सहमति जुटेको हो । बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युत् गृहको स्वीचयार्डबाट बाह्रबिसे–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाको अवरोध थियो । कूल दुई सय २० केभी सिङ्गल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो । बाह्रबिसे–३ र ४ स्थित पलाँतीका स्थानीयको अवरोधका कारण आयोजनाले दुई किमी तार तान्न सकिरहेको थिएन । उक्त क्षेत्रमा पर्ने प्रसारण लाइनको मार्गधिकार (राइट अफ वे)मा एक सय २४ जना जग्गाधनीको जग्गा पर्दछ । छलफलमा आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ । आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत बाह्रबिसे–३ र ४ वडालाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रलाई जस्तै विकास निर्माणका लागि सहायता उपलब्ध गराउने, प्रसारण लाइनको मार्गधिकार पर्ने जग्गा तथा संरचनाको उचित क्षतिपूर्ति उपलब्ध गराउने र प्रसारण लाइनको बाँकी रहेको निर्माण तत्काल सुरु गर्ने सहमति जुटेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले जानकारी दिए। मन्त्री...

Read More

एकछिनको लाभको लागि उत्तेजनताको राजनीति नगर्न प्रचण्डलाई गगनको सुझाव

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एकछिनको लाभको लागि उत्तेजनताको राजनीति नगर्न प्रचण्डलाई सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थापाले नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै हुनसक्ने प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउदै एकछिनको लाभको लागि उत्तेजनताको राजनीति नगर्न सुझाव दिएका हुन् । उनले एकछिनको लाभको उत्तेजनाले आफैलाई जलाउन सक्ने उल्लेख गरे । प्रतिपक्षी दल समग्र प्रणालीको नभई सरकारको मात्रै प्रतिपक्षी भएको भन्दै थापाले प्रतिपक्षी दलले आफ्नो क्रियाकलापप्रति गम्भीर हुनुपर्ने धारणा राखे । त्यस्तै महामन्त्री थापाल सहकारी ठगी प्रकरणमा आफूहरुकै कारण छानविन समिति गठन भएको र प्रमाण पनि दिएको बताए । जसका कारण ९ मिनेटमा स्पष्ट पार्ने...

Read More