Author: Himalaya Post

रानी पोखरी बिहान हिँडडुल गर्न खुला गर्ने तयारी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले रानी पोखरीलाई बिहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेको छ । बुधबा पोखरीको निरीक्षण गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले रानी पोखरी खुला गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘रङ्गरोगन गर्ने, मर्मत गर्नुपर्ने ठाउँमा बनाउने, त्यसपछि बिहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेका छौँ । ‘रात्रीकालीन प्रकाशको व्यवस्था गरेर साँझमा सुन्दर बनाउनेछौँ ।’ अवलोकनका क्रममा प्रशासन विभागका प्रमुख नमराज ढकाल, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल, महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, नगर प्रहरी उपरीक्षकहरु विष्णुप्रसाद जोशी र मनोजप्रसाद लामिछाने, नगर प्रहरी नायव उपरीक्षक मीन थापासहित अधिकारीहरु सहभागी थिए...

Read More

जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सबै मिलेर काम गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि सवै मिलेर काम गनुपर्ने बताएका छन् । बुधबार भक्तपुरस्थीत भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी लगायत अत्याधुनिक स्वास्थ्य उपकरणबाट सेवा शुभारम्भ गर्दै पौडेलले सरकारी अस्पतालबाट जनताले लिने सेवा सुविधा बढाई सहज गर्नका लागि सवै मिलेर काम गर्नुपर्ने बताएका हुन् । उनले तीनै तहका सरकार मिलेर अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताए । मन्त्री पौडेलले सरकारी अस्पतालको सेवा समयमा चिकित्सकहरुले पूर्ण रुपमा अस्पतालमा केन्द्रीत हुनुपर्ने र कार्यालय समयपछाडी पनि आवश्यक परे सेवा दिनका लागि तयार हुनुपर्ने धारणा राखे । सरकारी अस्पतालको विद्युत महशुसमा...

Read More

ज्येष्ठ नागरिकको सम्मानार्थ विज्ञापन गुरु पौडेलको तीज दर कार्यक्रम

काठमाडौँ – काठमाडौँको मीनभवनमा रहेको निःसहाय सेवा सदनमा तीजको गीत बज्न थालेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकहरु कोही फुरफुर गर्न र कोही टोल्हाउन थाले । सधैँजस्तै बिहानको खाना खाने समय उनीहरुका लागि अन्य दिनभन्दा फरक रहेको थियो । जहाँ हालै मात्र हरितालिका तीज पर्वलाई ध्यानमा राखेर सार्वजनिक गरिएको ‘यसपालिको तीज रमाइलो’गीत बजिरहेको थियो । गीतकार निर्मलराज पौडेलले यसपटकको तीजलाई भिन्न ढङ्गले मनाउने सन्दर्भमा बुधबार उक्त सेवा सदनका ज्येष्ठ नागरिकहरुसँग तीज मनाउन पुगेका थिए । त्यस अवसरमा पौडेलले ज्येष्ठ नागरिकलाई आफू र गायिका शान्तिश्री परियारको स्वरबद्ध तीज गीत सुनाउँदै दरमा सामेल भएका थिए । ‘चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो...

Read More

शान्तिसुरक्षा र कानुनी राज्यको अनुभूति दिलाउन नागरिकको पनि भूमिका : मुख्यमन्त्री पाण्डे

गण्डकी –  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा शान्तिसुरक्षा कायम गर्न र कानुनी राज्यको अनुभूति दिलाउन नागरिकको पनि महत्वपूर्ण भूमिका हुने बताएका छन्  । मुस्ताङस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले सरकारसँगै नागरिक समाजसँगको सहकार्यमा शान्तिसुरक्षाका प्रभावकारितासँगै कानुनी राज्यको अनुभूति दिलाउन सकिने बताए । भवन निर्माणसँगै धार्मिक पर्यटकीय तीर्थस्थल मुक्तिनाथ आउने पर्यटक र स्थानीयको शान्तिसुरक्षामा सेवा गर्न प्रहरीलाई सहज हुने उनले विश्वास व्यक्त गरे । संविधानअनुसार कानुन नबन्दा प्रहरी समायोजन हुन नसकेको बताउँदै उनले समायोजन नहुँदा चाहेर पनि प्रदेश सरकारले आवश्यकता र अपेक्षाअनुसार प्रहरीलाई सबै सहयोग गर्न नसकिएको उल्लेख गरे । प्रदेशको शान्तिसुरक्षाका लागि सरकारले...

Read More

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सभामुखद्वारा प्रमाणित

काठमाडौँ- सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गरेका छन् । सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उनले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ प्रमाणित  गरेका हुन् । सो विधेयक सङ्घीय संसद्का दुवै सदनबट पारित भइसकेको छ । गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रियसभाले पारित गरेको थियो । सभामुखले प्रमाणित गरेको यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको मान्यता पाउने व्यवस्था छ...

Read More