बंगलादेशले पहिलो पटक जित्यो साफ यू-२० च्याम्पियनपसिपको उपाधि, फाइनलमा नेपाल निरीह
काठमाडौँ – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । बुधबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भएको फाइनलमा बंगलादेशले घरेलू टोली नेपाललाई ४–१ ले पाखा लगाउँदै पहिलो पटक उपाधि जितेको हो । बंगलादेशका लागि पहिलो हाफको अतिरिक्त समयमा मिराजुल इश्लामले फ्रिकीकमार्फत शानदार गोल गरेका थिए । यस्तै दोस्रो हाफ सुरु भएपछि ५५औँ मिनेटमा पनि मिराजुलले नै दोस्रो गोल गरे । यस्तै खेलको ७१औँ मिनेटमा रवि हुसेनले व्यक्तिगत पहिलो र बंगादेशका लागि तेस्रो गोल गरे भने ९३औँ मिनेटमा पियास नोभाले गोल गर्दै बंगलादेशलाई ४–१ को शानदार जित दिलाए । यसअघि...
Read More

























