Author: Himalaya Post

लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ताको शपथ

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ कार्यक्रममा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले नवनियुक्त मुख्य न्यायाधिवक्ता खनाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, उपसभामुख मेनुका खाँड केसीलगायत उच्चपदस्थ व्यक्तिहरुको विशेष उपस्थिति थियो । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य सर्तसम्बन्धी ऐन, २०७५ बमोजिम खनाललाई शपथग्रहण गराइएको थियो । मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख घर्तिमगरले बुटवल उपमहानगरपालिका–९ निवासी खनाललाई यही भदौ ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त...

Read More

धादिङ अस्पतालमा ‘मेमोग्राम सेवा’ थपियो

मलेखु (धादिङ)– नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पहिलोपटक स्तन क्यान्सर पहिचान र परीक्षणका लागि मेमोग्राम सेवा सुरु गरेको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले रु एक करोड नौ लाख ६१ हजार मूल्य बराबरको मेसिन उपलब्ध गराएसँगै जिल्ला अस्पतालले मङ्गलबारदेखि सेवा सुरुआत गरेको हो । स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका स्वास्थ्य संस्थाको सुधारका लागि सुक्ष्म अध्ययन गरिरहेको, प्रदेशका सबै प्रादेशिक अस्पताल र सबै स्वास्थ्य संस्थामा कर्मचारी व्यवस्थापन गरी सेवामा सुधार ल्याउने प्रयास भैराखेको बताए । “विभिन्न कारणले महिलाको स्तनमा समस्या आउने अर्थात् क्यान्सर हुनसक्छ त्यसको पहिचान गर्नका लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छ”, अस्पतालका...

Read More

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा आठ सयले वृद्धि

काठमाडौँ– स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामा रु आठ सयले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार एक सय मूल्य निर्धारण गरिएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक...

Read More

अमेरिकामा कोठाभित्रै गोली हानी नेपाली छात्राको हत्या

काठमाडोँ– अमेरिकाको ह्युस्टनमा एक नेपाली छात्राको गोली हानी हत्या भएको छ । ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत छात्रा मुना पाण्डेलाई उनी बस्ने अपार्टमेन्टमै गोली प्रहार भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो । अमेरिकाबाट प्रकाशित हुने हिमालय खबर...

Read More

दोरम्बा पहिरो : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

रामेछाप (मन्थली)– दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या आठ पुगेको छ । यही भदौ ९ गते (आइतबारं बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मङ्गलबारसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले बताए । उहाँले मङ्गलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औलाका आधारमा आफ्नी हराइरहेकी श्रीमती बिन्दा पहरीको भएको उनका श्रीमान् कुमार पहरीले स्वीकार गरेपछि सनाखत गरी परिवारको जिम्मा लगाइएको बताए । गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको वडा नं ३ लेखर्कमा पहिरोमा परेर ११...

Read More