Author: Himalaya Post

देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । उनले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरु सञ्चालनमा जोड दिए । सिंहदरबारस्थित अर्थमन्त्रालयमा आज बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्ने वचनबद्धता व्यक्त गरे । “राजस्व लक्ष्यअनुसार उठिरहेको छैन । लक्ष्यअनुसार राजस्व उठाउने विषयमा अर्थमन्त्रालयले राखेको अपेक्षाअनुसार गृहमन्त्रालयले काम गर्छ,” उनले भने, “मैले मेरो मन्त्रालयका वरिष्ठ अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरुसँग छलफल गरेर राजस्व बढाउन निर्देशन दिएको छु । यसमा हाम्रो पूर्णरुपमा काम गर्ने बचनबद्धता छ...

Read More

ऐन विपरीत कर्मचारी सरुवा गरिएको भन्दै मुख्यमन्त्री कार्यालयमा उजुरी

कर्णाली– कर्णाली प्रदेशमा कार्यरत कर्मचारीको सरुवा प्रदेश निजामती सेवा ऐन, २०८० विपरीत भएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती कर्णाली प्रदेश समितिले प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुसमक्ष कानुन विपरीत भएका सरुवा बदर गर्न माग गर्दै उजुरी दिएको हो । मुख्यमन्त्री कार्यालयले गत साउन ३२ गते प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका एक सय ११ कर्मचारीको एकैसाथ सरुवा गरेको थियो । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती कर्णाली प्रदेश समितिका उपाध्यक्ष जमानसिंह परियारले प्रदेश निजामती सेवा ऐन, २०८० को दफा २४ को उपदफा (३)को प्रतिबन्धात्मक व्यवस्थामा बाहेक...

Read More

प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौँ– अशोकराज सिग्देल नयाँ प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा भदौ २४ देखि लागू हुने गरी निर्णय गरेका हुन् ।योसँगै सिग्देल नेपाली सेनाको ४५औं प्रधान सेनापति बनेका छन् । यसअघि साउन १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई सरकारको सिफारिसमा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए । उमेर विवादको छानबिनमा परेपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका थिए । त्यसपछि सेनापतिको रोलक्रममा सिग्देल आएका थिए । साउन २४ गतेदेखि वर्तमान प्रधानसेनापति प्रभुराम शर्मा नियमित अवकाश लिनका लागि एक महिने बिदामा बसिसकेका छन् । अब...

Read More

बागमती प्रदेशमा नयाँ स्वास्थ्य ऐन कार्यान्वयनमा आउँदै

चितवन– बागमती प्रदेशको स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा नवीकरणसम्बन्धी ऐन यसै महिनाभित्र कार्यान्वयनमा ल्याइने भएको छ । लामो समयदेखि ऐन बन्न नसक्दा यहाँका अधिकांश स्वास्थ्य संस्था नवीकरण हुनसकेको थिएनन् । ऐनको अभावमा स्वास्थ्यका नयाँ संस्था दर्ता रोकिएको, प्रादेशिक अस्पतालका समिति निष्क्रिय भएको र वातावरणीय प्रभाव मूल्याङ्कनको काम हुन नसकेका बताइको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले यही भदौ महिनाभित्रमा ऐन ल्याइने जानकारी दिए । उनले भने, “हामी अन्तिम चरणमा छौँ । प्रदेशको संसदीय समितिमा छ । अबको संसद्मा ऐन आउँछ । ऐन जारी नहुँदा धेरै काम प्रभावित भएको छन् ।” स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालका अनुसार...

Read More

नबिल बैंकको नाडा अटो शो लक्षित विशेष अटो लोन योजना

काठमाडौँ– नबिल बैंकले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ। भदौ ११ गतेदेखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको मेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर यो योजना ल्याइएको हो। यस योजनाअन्तर्गत नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक प्रस्ताव ल्याएको छ। यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ। ग्राहकहरूको सुविधाका लागि नबिल बैंकले नाडा शोका क्रममा स्टल नम्बर इ१९ मा छुट्टै सेवा केन्द्र राखेको...

Read More