शिवपुरीमा नयाँ झरना पहिचान, पदयात्रा सुरू
काठमाडौँ – काठमाडौँ नजिक रहेको नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित गोकुलेश्वर झरनामा पदयात्रा शुभारम्भ भएको छ । स्थानीय गोकुलेश्वर झरना पर्यावरण संरक्षण समितिको पहलमा शनिबार उक्त झरनामा व्यावसायिक पदयात्रा र अवलोकन शुभारम्भ गरिएको हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष एवं पर्यावरण अभियन्ता बालकृष्ण बस्नेतले एक कार्यक्रमका बीच पदयात्रा शुभारम्भ गरेका हुन् । त्यस अवसरमा उनले गोकुलेश्वर झर्ना र सँगै रहेको गोकुलेश्वर महादेव दर्शनका लागि पर्यटक भित्र्याउन सके स्थानीयको आयआर्जनमा वृद्धि हुने बताए । हाल प्रकृतिमाथि विभिन्न तवरबाट अन्याय भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले स्थानीय जनसमुदाय आफैँले पहल गरेर झर्नासहितको पर्यटकीय स्थान पहिचान गरेकामा खुसी व्यक्त गरे । “अत्यन्त रमणीय ठाउँको...
Read More

























