Author: Himalaya Post

राष्ट्रियसभामा टीआरसी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत

काठमाडौँ – राष्ट्रियसभामा संक्रमणकालिन न्यायसंग सम्बन्धी विधेयक (टीआरसी विधेयक)माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ । आइतबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतीले स्वीकृत भएको हो । उक्त विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरुका लागि विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सकिने राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले जानकारी दिए । त्यसअघि बैठकमा उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलका क्रममा आएका प्रश्नको जवाफ दिदै कानुन, न्याय...

Read More

सोलुको थामेमा अवरुद्ध विद्युत् सेवा सञ्चालनमा ल्याउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा तत्काल विद्युत्को व्यवस्था गर्न निर्देशन दिएका हुन् । ऊर्जामन्त्री खड्काले आज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी हिमताल फुटेर थामे खोलामा आएको बाढीको कारण पर्यटकीय गाउँ थामेमा विद्युत् अवरुद्ध भएको भन्दै तत्काल विद्युत्को व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। गत साउन ३१ गते दिउँसो आएको बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुर्याएको छ । बाढीले विद्युत् गृहमा क्षति पुर्याएपछि विद्युत् सेवा अवरुद्ध बनेको छ । बाढीको कारण खुम्बु बिजुली कम्पनीको हेडवर्कसमा क्षति पुग्न गई विद्युत् सेवा अवरुद्ध हुँदा सो गाउँपालिका–३, ४...

Read More

ललितपुरको छम्पीमा भैरवको ख्वापाःसहितको आर्ट भिलेज निर्माण हुने

काठमाडौँ – ललितपुर गोदावरीको छम्पीमा भैरवको ख्वापाः (मुखाकृती)सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण हुने भएको छ । पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने र उक्त ख्वापाः विश्वकै ठूलो हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनको दाबी छ । ख्वापाःलाई पाँच तलाको आरसिसी भवनमा फ्रेम बनाएर एसेम्बल गरिनेछ । भवनको अगाडीपट्टी ख्वापाः र भवनमा कला सङ्ग्रहालय स्थापना हुनेछ । कूल २३८ रोपनी क्षेत्रफलमा फैलिने परियोजनाको पहिलो चरणमा ५२ रोपनी क्षेत्रमा भैरवको ख्वापाः तथा अन्य सम्पदा र १८६ रोपनी क्षेत्रफलमा कलाग्राम रहनेछ । “भैरवको ख्वापाःको अवलोकनसँगै भैरवसँग सम्बन्धित जानकारी...

Read More

यू-२० साफ च्याम्पियनसिप : पहिलो खेलमा नेपाल श्रीलंकाविरुद्ध १-० ले विजयी

काठमाडौँ – नेपालले काठमाडौँमा आजदेखि सुरु भएको दक्षिण एसियाली राष्ट्रहरुबीचको यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको उद्घाटन खेलमा आयोजक नेपालले श्रीलंकालाई १–० गोलले हराएको हो । नेपालको जितका लागि निराजन धामीले एकमात्र गोल गरे । उनले खेलको २४औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि पनि नेपालले गोल गर्ने थुप्रे मौका पाए पनि सदुपयोग गर्न सकेन । नेपालले अब आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ । ६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, श्रीलंका र बंगलादेश रहेका छन् भने समूह...

Read More

पर्यटन पदमार्ग गोसाइँकुण्ड जाने तीर्थालुले भरिभराउ

त्रिशूली (नुवाकोट) – यही भदौ ३ गते जनैपूर्णिमाका दिन रसुवाको गोसाइँकुण्ड स्नान गर्न नुवाकोटतर्फको पदमार्ग हुँदै जाने तीर्थयात्रीको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षमा यस मार्गबाट जानेको सङ्ख्या दुई हजार हाराहारीमा हुने गरेकामा यसवर्षको आज बिहानसम्म तीन हजारभन्दा बढी तीर्थयात्री नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ फेदी हुँदै त्यसतर्फ प्रस्थान गरेका छन् । लाङ्टाङ गोसाइँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाका अनुसार रसुवाको धुञ्चे हुँदै जाने पदमार्गको विकल्पका रुपमा विस्तार गरिएको नुवाकोटको फेदी हुँदै पदमार्गबाट यात्रा गर्ने तीर्थयात्रीको आगमन उत्साहजनक रुपमा बढेको छ । “पर्यटकीय पदमार्ग तथा प्राकृतिक सुन्दरतासँग रमाउन चाहने तीर्थयात्रीका लागि पदमार्गको स्तरोन्नतिगरी यात्रालाई सहज बनाएसँगै आगमन...

Read More