Author: Himalaya Post

परराष्ट्रमन्त्री राणा नयाँ दिल्ली प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेकी छन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछिको उनको यो पहिलो विदेश भ्रमण हो । यस भ्रमणका क्रममा उनका भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ । मन्त्री डा राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेकी थिइन् । मन्त्री डा राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण...

Read More

जनताका मुद्दा रक्षा गर्न सदन र सडकबाट सङ्घर्षको गर्नुको विकल्प छैन : अध्यक्ष दाहाल

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका पूर्वकेन्द्रीय सदस्य एवं सहिद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफूलाई जनता र वर्गप्रति फर्कने अवसर प्राप्त भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, “जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशङ्का जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन । मैँले सदन र सडकबाट सङ्घर्षको विकल्प देखेको छैन ।” उनले वर्तमान सत्तागठबन्धनको उद्देश्य गलत रहेको आरोप लगाए । सरकारमा रहेर आफूहरुले...

Read More

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ – लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन प्रतितोला रु एक लाख ५२ हजार छ सय पुगेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ४९ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन हजारले वृद्धि भएको हो । शुक्रबार चाँदी प्रतितोला रु एक हजार सात सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० निर्धारण भएको छ । चाँदीको मूल्य पनि...

Read More

साफ यु-२० च्याम्पियनसिप फुटबल आइतबारदेखि, खेल एन्फा कम्प्लेक्समा हुने

काठमाडौँ – दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने उद्घाटन खेलमा नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्दैछन् । नेपाल र श्रीलङ्काबीचको खेल भोलि दिउँसो ३ बजे हुनेछ । नेपाली टोलिका यसपटक तयारीका लागि पर्याप्त समय पाएकाले जित हासिल गर्ने बताए । उनले तयारी पनि सातदोबाटो खेल मैदान गरेको भन्दै खेल पनि यही मैदानमा हुने भएकाले प्रतियोगितामा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । “तयारीका लागि करिब ४५ दिन समय पाएका थियौँ । गत वर्ष यु–१९ खेलेका, ‘ए’ डिभिजनदेखि ‘सी’ डिभिजनसम्म खेलेका अनुभवी र...

Read More

प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवासमा आज अपराह्न भएको भेटमा उनीहरुबीच सरकार सञ्चालन तथा भावी योजनाबारे विचारविमर्शको भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ...

Read More