Author: Himalaya Post

बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा काफ्ले

हेटौँडा – बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । पच्चीस वर्षदेखि निरन्तर कानुन व्यवसायीका रुपमा कार्यरत उनले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाजकल्याणमन्त्री लीला कोइरालाको सल्लाहकार भएरसमेत काम गरिसकेका छन् । नेपाल बार एशोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौँ जिल्ला बारका विभिन्न समिति रहेर काम गरेका छन् ।...

Read More

सहकारी ठगी : छानबिन समितिले रास्वपा सहमहामन्त्री विपीन आचार्यसँग लियो बयान

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी रकम अपचलनमा मुछिएका रास्वपा सहमहामन्त्री विपीनकुमार आचार्यसंग बयान लिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले सहकारी रकम अपचलन विषयमा आचार्यसंग बयान लिएको हो । आचार्य सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनमा मुछिएका छन् । सहकारीबाट २०७८ पुस १२ गते विपीन कुमार आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको र उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको आरोप छ । समिति बयानका लागि हाजिर भएकाले दिएको बयानलाई सम्बन्धित व्यक्तिको हस्ताक्षर सहित रेकर्डमा राखिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग...

Read More

सिटिजन्स बैंकको ‘पार्टनर फर प्रोग्रेस’ भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ल्याएको ‘पार्टनर फर प्रोग्रेस’ भिडियो प्रतियोगिताका प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको समाप्ती संगै छानिएका उत्कृष्ट तीन विजेतालाई बैँकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा आइतबार आयोजित एक समारोहकाबीच सम्मान स्वरुप चेक हस्तान्तरण गरेका छन् । जसमा उत्कृष्ट भएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमश नगद पुरस्कार रु ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिएको हो । आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन बैँकले गत जेष्ठ र आषाढ महिनामा ल्याएको ‘पार्टनर फर प्रोग्रेस’ र ‘हजुरको प्रगतिको सहयात्री’ नामक फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो ।...

Read More

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसदमा दर्ता

काठमाडौँ – सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१’ संसद्मा दर्ता गरेको छ । सरकारको नीति तथा कार्यक्रम एवम् वार्षिक बजेट पेस गर्ने प्रक्रियामा हुने छलफलका लागि पर्याप्त समय उपलब्ध गराउन, बजेट प्रणाली बाहिरका सार्वजनिक निकायबाट सरकारलाई पर्ने थप आर्थिक दायित्वलाई व्यवस्थित गर्न र बेरुजु फछ्र्यौटलाई प्रभावकारी बनाउन सरकारले उक्त विधेयक संसद्मा दर्ता गरेको हो । सङ्घीय सञ्चित कोष र अन्य सरकारी कोषको सञ्चालन, व्यवस्थापन तथा सोसँग सम्बन्धित आर्थिक गतिविधिलाई व्यवस्थित गर्ने उद्देश्यसहित ल्याइएको यो विधेयक अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत शुक्रबार संसद्मा दर्ता गर्नुभएको हो । मन्त्रिपरिषद्को गत असार १७ गतेको निर्णयले...

Read More

पर्यटक आकर्षित गर्न सौरहामा छतिया स्ट्रिट निर्माण

काठमाडौँ – पर्यटक गन्तव्यको रुपमा रहेको चितवनको सौरहामा पर्यटकहरुलाई आकर्षित गर्न छतिया स्ट्रिट निर्माण गरिएको छ । थारु समुदायको मुख्य बसोबास रहेको सौरहामा थारु समुदायको मौलिकता झल्कने खालका छतिया राखेर करीब ४५ मिटर लामो छतिया स्ट्रिट निर्माण गरेको हो । सौरहा थारु समुदायको बाहुल्य रहेको बस्ती हो । अहिले सो क्षेत्रमा विभिन्न समुदायका व्यक्तिहरुले होटलहरु खोल्दै गए पछि सौरहाका थारु समुदायको अस्तित्व नै हराउदै गएको छ । सौरहामा थारु समुदायको मात्र १ सय २ घर रहेका छन् । सौरहामा अहिले ४५ मिटर लामो बागमती प्रदेश सरकारको सहयोगमा छतिया स्ट्रिट निर्माण गरिएको रत्ननगर नगर पालिका वडा नम्बर ६ का वडा...

Read More