Author: Himalaya Post

उपल्लो मुस्ताङमा ‘यार्तुङ पर्व’मनाइँदै

म्याग्दी – उपल्लो मुस्ताङ ‘यार्तुङ’ पर्वमय बनेको छ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाकाका विष्ट, गुरुङ र लोवा जातीले बर्खा यामको बिदाइ र हिउँद यामको स्वागतका लागि यार्तुङ पर्व मनाउँछन् । बर्खायामलाई बिदाइ गर्ने पर्वका रुपमा लिइने यो मेला मुस्ताङ लगायत, मनाङ र डोल्पा लगायत हिमाली जिल्लामा पनि मनाइन्छ । यार्तुङ तिब्बती भाषाबाट उत्पति भएको शब्द हो । लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छियुमी विष्टले बर्खा यामको बिदाइ गर्न यार्तुङ पर्व मनाउने गरिएको बताए। “यार्तुङ उपल्लो मुस्ताङको सांस्कृतिक पर्व र पहिचान हो,” उनले भने, “बर्खायाम सकिएर हिउँद लाग्न थालेपछि हरेक वर्ष प्राकृतिक विपद्, रोगब्याधी र अप्रिय घटना नहोस भन्ने...

Read More

गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर हुनु आवश्यक छ : डा कोइराला

विराटनगर – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्न सके समस्या पहिचानका लागि बिरामीले अस्पताल जानुपर्ने बाध्यता अन्त्य हुने बताएका छन् । नोना कोइराला प्रतिष्ठान र केएचडीसीको प्राविधिक सहयोगमा मोरङको बुढीगङ्गा गाउँपालिका–७ स्थित डङ्ग्राहामा आज निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै नेता डा कोइरालाले जनताले गाउँघरमै स्वास्थ्य सेवा लिन चाहिरहेकाले प्रतिष्ठानले विगतदेखि नै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए । उनले भने, “जनताले गाउँघर मै स्वास्थ्य र शिक्षाको सहज पहुँच चाहिरहेका छन् । नोना कोइराला स्मृति प्रतिष्ठानले पनि जनताको चाहनालाई बुझेर गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ, यसले सामान्य बिरामीको तत्कालै उपचार हुन्छ भने...

Read More

प्रकृति संरक्षण कोषको अध्यक्षमा वनमन्त्री शाही

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिम्मेवारी दिइएको छ । कोषका संरक्षक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार वनमन्त्री शाहीलाई कोषको अध्यक्षमा जिम्मेवारी दिएका हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार कोषको संरक्षकले अध्यक्ष तोक्नसक्ने व्यवस्था रहेको छ...

Read More

मधेस प्रदेशका मुख्यमन्त्री सिंह र मन्त्रीबीच कार्यसम्पादन सम्झौता

महेन्द्रनगर (धनुषा) – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले आर्थिक वर्ष २०८१र८२ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता करारपत्रमा हस्ताक्षर गरेका हुन् । उनले कार्यसम्पादन सम्झौताका लागि भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जर्नादनसिंह क्षेत्री, शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारी, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, अर्थमन्त्री सुनिलकुमार यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवाल, वन तथा वातावरणमन्त्री त्रिभुवन साह, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँसँग...

Read More

प्रधानमन्त्री ओलीसँग जर्मनीका राजदूत पिन्जको शिष्टाचार भेट

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस पिन्जले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीच ६६ वर्षदेखि हुँदै आएको कूटनीतिक र आर्थिक सम्बन्ध तथा आपसी हितबारे छलफल भएको छ । जर्मनी नेपालको एक ठूलो र पुरानो विकास र व्यापारको साझेदार मुलुक हो । प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा जर्मनीप्रति आभार व्यक्त गरे । भेटका अवसरमा प्रधानमन्त्रीको निजी सचिवालय र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए...

Read More