Author: Himalaya Post

भोटेकोशी बाढी : खुम्बुमा एक बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन् भने एक दर्जनभन्दा बढी घर बगेका छन् । बेपत्ता भनिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आज खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेस्थित भोटेकोशीमा आएको बाढीका कारण एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेकानुसार बाढीले थामेका सात घर, पाँच होटल, एउटा विद्यालय र एउटा क्लीनिक बगाएको छ । सोही क्षेत्रका सात घर जोखिममा रहेका प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । नदी कटानका कारण तटीय क्षेत्रका बस्ती जोखिममा रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ । घटनास्थलमा...

Read More

चितवन पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

चितवन – चितवनलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले राज्यका लागि बलियो मानवपुँजी निर्माण गर्न खोप प्रभावकारी रहेको भन्दै यसको दिगोपनका लागि अझै मेहिनत गर्नुपर्ने बताए । उनले खोप कार्यक्रम सफल बनाउन भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेविकालगायत सरोकार भएकालाई सबैलाई धन्यवाद ज्ञापन गरे । माडी नगरपालिका प्रमुख ताराकाजी महतोले पूर्ण खोप सुनिश्चिततासँगै जिम्मेवारी थपिएको बताए । उनले खेती किसानी र ज्याला मजदुरी गर्न आउने अस्थायी बसोबासीका बालबालिका छुट्ने गरेका र माडीका विकट ठाउँमा पूर्ण...

Read More

हुम्लाको सिमीकोटमा आजदेखि एफटिटिएच प्रविधिमार्फत एनटी फाइबर सेवा सुरू

काठमाडौँ – हुम्लाको सिमीकोटबाट आजदेखि उच्च गतिको इन्टरनेट सेवा (फाइबर टू द होम–एफटिटिएच) प्रविधिबाट टेलिफोन तथा इन्टरनेटसहितको ‘एनटी फाइबर’ सेवा प्रारम्भ भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित कार्यक्रममा भर्चुअल माध्यमबाट सो सेवा शुभारम्भ गरेका थिए। योसँगै नेपालका ७७ वटा जिल्लामा एफटिटिएचमार्फत इन्टरनेट सेवाको पहुँच पुगेको छ । भौगोलिक तथा पूर्वाधार विकासका हिसाबले दुर्गम मानिएको कर्णाली प्रदेशका १० दुर्गम जिल्लामध्ये हुम्लामा मात्रै एफटिटिएच सेवा सञ्चालन हुन बाँकी थियो । त्यस अवसरमा मन्त्री गुरुङले एफटिटिएचमार्फत इन्टरनेटको प्रारम्भसँगै देशलाई डिजिटलाइज बनाउने सरकारको उद्देश्यमा सघाउ पुगेको बताए । उनले आफू मन्त्री भएपछि सय दिनभित्र सम्पन्न गर्नुपर्ने कार्यसूचीअन्तर्गत...

Read More

भोटेकोशीको बहाव बढेर थामे गाउँमा क्षति, एक होस्टेलसहित केही घरमा क्षति

विराटनगर – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित रहेको भोटे कोशीमा अचानक बहाव बढेपछि यहाँ क्षेति भएको छ । आज दिउँसो भोटेकोशीको बहाव बढेर थामे क्षेत्रमा रहेका तीनवटा घर बगाएको छ भने एक होस्टेल र चार–पाँचवटा घर जोखिममा रहेको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको वरिष्ठ प्रहरी उपरीक्षक दाहालले जानकारी दिए...

Read More

किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपन्क्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन गरे। सो मन्त्रालयको कूल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुुदानमा रहेको छ । किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै मन्त्रालयले खरिद प्रक्रियालाई सरलीकरण बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको थियो । प्रधानमन्त्री ओलीले किसानलाई नाफा हुने खालका...

Read More