भिजिट भिसाको दुरुपयोग रोक्न नियमनबाहेक अन्य विकल्प छैन : श्रममन्त्री भण्डारी
काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले भिजिट भिसाको दुरुपयोग रोक्न नियमनबाहेक अन्य कुनै विकल्प नरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा मन्त्री भण्डारीले भिजिट भिसाको दुरुपयोग रोक्नका लागि सरकार गम्भीर रहेको भन्दै यसलाइ रोक्न अनुगमनबाहेक अरु कुनै विकल्प नरहेको बताएका हुन् । उनले श्रम सम्झौताका दुइपक्षीय सम्झौता गर्दा नेपाली कामदारको हकअधिकारलाई ध्यान दिइने उल्लेख गरे । मन्त्री भण्डारीले दुई वर्षसम्म वार्षिक १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर व्यवसायीको नवीकरण नगर्ने व्यवस्था रहेको भए पनि विविध परिस्थितिका कारण सरकारले बाधा अड्काउ फुकाऊ मार्फत...
Read More

























