Author: Himalaya Post

मुख्यमन्त्री कार्कीद्वारा सरकारको सय दिनका उपलब्धि र भावी योजना सार्वजनिक

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सय दिनको कामकारवाही र भावी कार्ययोजना सार्वजनिक गरेका छन् । शुक्रबार बिराटनगरमा आफ्नो कार्यकालको सय दिनको कार्यविवरण सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले कार्यबोझ बढेको अवस्थामा बाहेक कोशी प्रदेशमा ९ वटा मन्त्रालयबाट नबढाइने जानकारी बताए । कांग्रेससंग एमालेले मुख्यमन्त्री सहित ५ वटा मन्त्रालय र नेपाली कांग्रेसले ४ वटा मन्त्रालय लिने तथा दोस्रो कार्यकाल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने सहमति भएको उनले बताए । उनले एक सय दिन भित्र विभिन्न ६० वटा उपलब्धिहरु हासिल गरेको जानकारी दिए । मुख्यमन्त्री कार्कीले प्रदेश प्रतिको विश्वास र आस्था बढाउन प्रदेश सरकार लागि परेको र एक सय...

Read More

सामाजिक सञ्जालको दुरुपयोगले बैकिङ प्रणालीमा असर पुर्यायो : गभर्नर अधिकारी

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैकिङ प्रणालीमा असर हुँदा त्यस्ता व्यक्तिहरुमाथि कानुनी कारबाहीको व्यवस्था राख्नुपर्ने बताएका छन् । आज सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिमा बैङ्किङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा उनले ऐनमा नै त्यस्ता व्यक्तिले कसुर गरेको ठहर्ने गरी व्यवस्था राख्न जरुरी रहेको औँल्याए । उनले भने, “एकजना व्यक्तिका पछाडि लाखौँ फलोअर्स छन् । त्यो व्यक्तिले यो बैंक डुब्दै छ, यो बैंक सुरक्षित छ, जस्ता कुरा गरेर बैंकको पैसा नतिरौँ मिनाहा गरिदिन्छु भनेर आह्वान गर्ने र उसका १० हजार फलोअर्सले मात्रै केही समय पैसा तिरिदिएनन्...

Read More

सोलुखुम्बुको थामेमा भीषण बाढी, हिमताल फुटेको आशंका

सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा भीषण बाढी आएको छ । शुक्रबार जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ माथिबाट आएको भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरे । थामे गाउँमा बाढीले क्षति पुर्याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन्। उनले दुधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय वासिन्दालाई सचेत गराइएको बताइन् । प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामे तर्फ पठाइसकिएको छ । नाम्चेदेखि थामे पैदल...

Read More

प्रधानमन्त्री ओलीसँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्माले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उनीहरुबीच दुईपक्षीय सम्बन्ध र आपसीहितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार व्यक्त गरे । उनले नेपालको विकासका विविध क्षेत्रमा अमेरिकी सरकारको सहयोगको अपेक्षासमेत गरे । प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तनोन्नति हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय...

Read More

काभा महिला भलिबलको उपविजेता नेपाली टोलीलाई जनही ३ लाख पुरस्कार दिने सरकारको घोषणा

काठमाडौँ – सरकारले काभा महिला भलिवल प्रतियोगिताको उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा नेपालको तर्फबाट सहभागी खेलाडी १४ जनालाई पुरस्कारस्वरुप जनही ३ लाख रुपैयाँ प्रदान गरिनेछ । यस्तै १ जना मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक तथा फिजियोलाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय सञ्चारमन्त्री गुरुङले बताए । हालै काठमाडौँमा भएको काभा महिला भलिबल प्रथियोगितामा नेपाल उपविजेता बनेको थियो । नेपाली महिला भलिबलको...

Read More