Author: Himalaya Post

परराष्ट्रमन्त्री राणाको भारत भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भाद्र २ गतदेखि भारतको भ्रमण गर्ने भएकी छन् । साउन ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाद्र २ देखि ६ गतेसम्म भारत भ्रमणको स्वीकृति प्रदान गरिएको जानकारी दिए । त्यस्तै बैठकले काभा महिला भलिवल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी खेलाडी १४ जनालाई जनही ३ लाख, मुख्य प्रशिक्षक १ जनालाई दुई लाख एवं व्यवस्थापक, सहायक प्रशिक्षक तथा फिजियोलाई जनही १ लाख २० हजार रुपैयाका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको छ । राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य तथा अध्यक्ष पदमा...

Read More

राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन् । मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उनी त्यसतर्फ प्रस्थान गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की छन् । उनी भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ...

Read More

मिथिलामा गुञ्जदै झुला गीत

महोत्तरी – मधेसको मिथिलाक्षेत्र अहिले भक्तिमा डुबेको छ । शिव आराधनाको साउन र साउन शुक्लपक्षका पछिल्ला १३ दिन मनाइने झुला उत्सवले मिथिला अहिले भक्तिमय बनेको हो । अहिले मिथिला क्षेत्रका मठमन्दिर झुलनोत्सवका गीतले गुञ्जित छन् । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने झुलाउत्सवमा सीता र राम एवं राधा र कृष्णका प्रतिमा झकिझकाउ झुला (डोली वा झोलुङ्गा, कोक्रो) मा राखेर झुलाइन्छ । झुला पर्वमा गाइने झुला, मलार र कजरी लयका गीत भक्तिरसले भरिएका हुन्छन् । कुनैमा राधाकृष्णको र कुनैमा रामसीताका प्रसङ्ग हुन्छन् । सबै गीतमा झुलाकै वर्णन हुन्छ । ‘झुला झुले जनकदुलारी, झुले सुकुमारी ना….!’ यी पङ्तिमा सीताजी झुला झुलेको वर्णन...

Read More

अमेरिकी उप-विदेशमन्त्री वर्मा नेपालमा

काठमाडौँ – संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप-विदेशमन्त्री रिचार्ड आज नेपाल भ्रमणमा आएका छन् । आफ्नो नेपाल भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ...

Read More

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

डोटी – दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।...

Read More