मिडिया काउन्सिल विधेयकमाथि मङ्गलबार दफावार छलफल हुने
काठमाडौँ – राष्ट्रियसभाको विद्यायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयकमाथि मङ्गलबार दफावार छलफल हुने भएको छ । आज बसेको बैठकमा काउन्सिलको अध्यक्ष र सिफारिस समितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा प्रस्ट हुन नसकेपछि बैठक मङ्गलबार सरेको हो । समिति सभापति जयन्तीदेवी राईले असहमति हुँदै आएका विधेयकका केही बुँदामा एकरूपता ल्याउने प्रयास भइरहेको बताइन् । “लगभग धेरै बुँदामा साझा सहमति बनिसकेको छ, अध्यक्ष र सिफारिस समितिको संयोजक राख्ने विषयमा प्रष्ट हुन सकिएको छैन । यस विषयमा पनि चाँडै टुङगोमा पुग्छौँ”, उनले भनिन्। सांसद डा बेदुराम भुसाल, भगवती न्यौपाने, सुरेश आलेमगर, आनन्द प्रसाद ढुङ्गानालगायतले विधेयकमाथिको छलफलमा भाग लिएका थिए...
Read More

























