Author: Himalaya Post

काभा भलिबल : मल्दिभ्सविरुद्ध नेपाल विजयी, सेमिफाइनलमा इरानसँग भिड्ने

काठमाडौँ – काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत आजको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजितगरेको हो । नेपालले मल्दिभ्समाथि पहिलो सेटमा २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–१८ ले पराजित गर्यो । नेपाल समूह चरणको अङ्क तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले यसअघि श्रीलङ्का र भारतलाई पराजित गरेको थियो भने इरानसँग पराजित भएको थियो । नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ । इरान अङ्क तालिकाको तेस्रो स्थानमा रह्यो । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको...

Read More

बंगलादेशमा विद्यार्थीले कसरी ढाले एशियाकै शक्तिशाली महिलाको सिंहासन ?

एजेन्सी – विगत १६ वर्षमा प्रधानमन्त्री शेख हसिना वाजिदले बंगलादेशलाई गरिबीबाट बाहिर निकालेको धेरैको विश्वास छ । बंगलादेशले जुन प्रगति गरेको छ त्यो शेख हसिनाकै कारणले भएको हो भन्ने पनि कतिपयको भनाई छ । शेख हसिनाको बढ्दो तानाशाही शासनको बावजुद यस्तो भएको विज्ञहरू बताउँछन्। तर हसिनाको हैसियत अहिलेको जस्तो कमजोर कहिल्यै थिएन । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विश्वविद्यालय र कलेजका विद्यार्थीहरूको प्रदर्शनले देशभर व्यापक असन्तुष्टि, रक्तपात र अराजकता निम्त्याएको छ। यसबीचमा बंगलादेश सरकारले धेरै पटक प्रदर्शन रोक्ने अनेक प्रयास गर्यो, तर जनता पछि हटेनन् । यही दबाबका कारण शेख हसिनाले अन्ततः राजीनामा दिएर देश छाड्नुपरेको...

Read More

राजनीतिकर्मीको कृषिमोह : तीन सय रोपनीमा किबी र लोठसल्लाखेती

बनियानी (झापा) – कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किबी र लोठसल्ला (टेक्सस मेरिइ)को खेतीमा रमाएका छन् । सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा उनीहरूले किबी र लोठसल्लाको खेती गरिरहेका हुन् । तीन सय रोपनीमध्ये एक सय ५० रोपनीमा किबी र एक सय ५० रोपनीमा लोठसल्ला लगाइएको छ । कृषि क्षेत्रमा भविष्य देखेपछि सिपी कडरिया, तेजमणि प्रसाईँ, कमलप्रसाद कडरिया, दुष्यन्त भट्टराई, श्रीप्रसाद सिटौला, ईश्वरीप्रसाद तिवारी र झलकबहादुर राईले इलामको सन्दकपुरमा किबी र लोठसल्लाखेती गर्ने योजना बनेको हो । बेरोजगारी घटाउन, राजनीतिकर्मीलाई उत्पादनसँग जोड्न र मुलुकमा प्रविधि भित्र्याउने उद्देश्यले कृषिकर्ममा...

Read More

बङ्गलादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिएकी छन् । मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाबारे आज जानकारी लिएपछि त्यहाँ रहेका नेपालीहरुको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिएकी हुन् । त्यसअवसरमा बङ्गलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले पनि जानकारी गराएको मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री डा राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरुको सुरक्षाका लागि उनीहरुको सम्पर्कमा...

Read More

देश छोडेर भारत पुगिन् शेख हसिना, लण्डन उड्ने तयारी गर्दै

एजेन्सी – प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेकी शेख हसिना भारत पुगेकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री पद त्याग्दै बंगलादेशबाट हेलिकोप्टरमार्फत भागेकी हसिना भारत पुगेको बंगलादेशको प्रसिद्ध समाचार संस्था ढाका ट्रिब्यूनले जनाएको छ । हसिना आफ्नी बहिनी रेहाना हसिनालाई लिएर भारत पुगेकी हुन् । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलनबाट गलेकी हसिनाले सोमबार देश छोडेकी थिइन् । भारतको त्रिपुराको अगरतला त्यहाँबाट बेलायत उड्ने तयारीमा छिन् । उनले बेलायतको लन्डन जाने योजनामा बनाएको भारतीय समाचार आउटलेट न्यूज १८ ले जनाएको छ । यसअघि एएफपीले शेख हसिना र शेख रेहाना सुरक्षित स्थानमा पुगेको जानकारी...

Read More