Author: Himalaya Post

पानी नपर्दा रोपोमै सुक्न थाले धान

धरान (सुनसरी) – यहाँको बराहक्षेत्रस्थित श्रीलङ्का टप्पुमा धानबाली रोपोमै सुक्न थालेको छ । आकाशे पानीको भर पर्नुपर्ने बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चिलैया र गरैया क्षेत्रका किसानका धानबाली रोपोमै सुक्न थालेको स्थानीय कृषक सन्तोष चन्द्रवंशीले बताए । उनले भने, “केही दिनदेखि पानी राम्रोसँग पर्न सकेको छैन पानी पर्ने आशामा बसेका किसानको धान रोपोमै सुक्न थालेको हो ।” गाँज लाग्ने बेलामा पानी नपरेको किसानहरुको भनाइ छ । विद्युत सबै ठाउँमा नपुग्दा पम्पसेटबाट पानी लगाउनसमेत नसकिएको उनीहरु बताउँछन् । छ वर्ष अघिसम्म श्रीलङ्का टप्पुका किसानले धान खेती गर्दैन थिए । चन्द्रवंशीका अनुसार स्थानीय किसानले एक वर्षका लागि धान खरिद गरेर जोहो गर्नुपथ्र्यो...

Read More

गृहमन्त्री लेखकको पहलपछि गड्डाचौकीमा पर्यटक आवागमन सहज

काठमाडौँ – गृहमन्त्री रमेश लेखकको पहलपछि कञ्चनपुरको गड्डाचौकी नाकामा तेस्रो मुलुकका पर्यटकलाई आवागमनमा सहज भएको छ । गृहमन्त्री लेखकले पदभार ग्रहण गरेपछि यही साउन पहिलो साता मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले शिष्टाचार भेट गरेका थिए । कोरोना महामारीको कहरपछि भारतसँग जाडिएका नाकाबाट भारत प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत अवस्थामा फर्काउने विषयमा गृहमन्त्री लेखक र राजदूत श्रीवास्तवबीच छलफल भएको थियो । मन्त्री लेखक र राजदूत श्रीवास्तबीच भएको सो छलफल पछि यही साउन १५ गतेदेखि भारतीय पक्षले उक्त अवरोध हटाएर तेस्रो मुलुकका पर्यटकलाई भारत प्रवेशमा सहज गरेको गड्डाचौकीस्थित अध्यागमन कार्यालयका प्रमुख पदमराज भट्टले...

Read More

मित्रता : मितेरी साइनो र सहयात्रादेखि कुर्था एक्सप्रेससम्म

नारायण ढुङ्गाना, काठमाडौँ – मित वा मितिनी साइनोको छुट्टै महत्व छ । उक्त साइनो गाँस्ने लगाउने चलन नेपालको पुरानै हो । अहिले पनि यो चलन हटेको छैन । त्यसले एकापसमा सम्बन्ध विस्तार मात्रै गर्दैन एकअर्कामा साथ, सहयोग र सहकार्यलाई उच्च स्थान दिन्छ । यो विश्वमै फरक खालको सम्बन्ध मान्न सकिन्छ । नेपालीले आफ्नो परिवारपछि अर्को नजिकको सहयात्रीका रुपमा मित/मितिनी सम्बन्ध कायम गर्छन् । त्यही सम्बन्धलाई उजिल्याइदिएका छन् फोटोग्राफर रविक उपाध्यायले । नेपाली महिलाको ‘मितिनी’ चलनलाई दृश्य कथामा कैद गरेर उनले मित/मितिनीको महत्वलाई बढाइदिएका छन् । उनको महिलाको मितिनी फोटो कथा अहिले नेपाल कला परिषद् बबरमहलमा प्रदर्शन भइरहेको छ ।...

Read More

विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्तीप्रति माओवादीको आपत्ति

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्तप्रति आपत्ति जनाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सापकोटाले नियम उलंघन गरेर सरकारले प्राधिकरणका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको भन्दै आपत्ति जनाए । उक्त घटनाले सरकार देशमा अटेक्रेसी चलाउन खोजिरहेको भन्ने आशंका उत्पन्न भएको उनको भनाइ छ । सापकोटाले अघिल्लो संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको छानविन गर्न उपसमिति बनाएको र समितिले दिएको प्रतिवेदनका आधारमा डेडिकेटेड र ट्रंक लाइनबाट समयमा नै महसुल नतिर्ने उपभोक्ता तथा ग्राहकहरूलाई आवश्यक कारवाही गर्न निर्देशन दिएको स्मरण गरे । तर, हालका लेखा समितिका सभापतिले उक्त निर्णयलाई...

Read More

सानिमा बैंकका सेयरधनीलाई १०.४० प्रतिशत लाभांश

काठमाडौँ– सानिमा बैंकको लाभांश क्षमता १०.४० रहेको छ । बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई १०.४० प्रतिशत लाभांश दिने क्षमता राखेको छ । वित्तीय विवरण लेखापरिक्षण हुने बेला भने यो तथ्यांक फरक पर्न सक्छ । सानिमा बैंकको नाफा भने अघिल्लो वर्षको तुलनामा घटेको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३८ करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ६० करोड रहेको थियो । बैंकको मुख्य आम्दानीमा रहने ब्याज आम्दानी घटेको कारण नाफा घटेको हो । बैंकको खुद खराब कर्जा अनुपात ०.५१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ०.६३ प्रतिशत रहेको थियो...

Read More