Author: Himalaya Post

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीद्वारा राजीनामा

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् । शुक्रबार बसेको सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्ने भन्दै राजीनामा दिएका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा उनले जनताले दलहरुबीच निकै आशा गरेको भन्दै सवै दल मिलेर अघि बढ्नुपर्ने उल्लेख गरे । सोडारीले सय दिनभन्दा बढी प्रदेश सरकारमा बस्दा निकै राम्रा काम भएकाले सरकारको आलोचना मात्रै गर्न न्यायोचित धारणा राखे । त्यस्तै सम्बोधनका क्रममा उनले आफुलाई मुख्यमन्त्री नियुक्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिन पनि भ्याए । केन्द्रमा भएको सत्ता समिकरण फेरबदलसंगै प्रदेशमा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा...

Read More

अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै

मङ्गलबारे (इलाम) – जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन् । गत वर्ष प्रतिमन (४० किलो) रु ८० हजारमा बिक्री भएको अलैँची यस वर्षको सुरुमा रु ८५ हजार प्रतिमन खरिदबिक्री भइरहेको छ । यस वर्ष अलैँचीको मूल्य बढे पनि उत्पादन घटेको किसान बताउँछन् । समयमा पानी नपरेकाले अलैँचीका बिरुवा मासिनाका साथै उत्पादनमा कमी आएको किसान हरि पोख्रेलले बताए । “अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्छ । त्यो समयमा पानी नपरेकाले बोट मासिएका छन् । पानी नपरेपछि पुराना उत्पादन दिने कतिपय...

Read More

नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन् । शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ छन् । शपथ ग्रहण कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारीलगायत सहभागी थिए । योसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री ओली नेतृत्वमा रहेको मौजुदा मन्त्रिपरिषद्मा तीन राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद्को सङ्ख्या २५ पुगेको छ...

Read More

रास्वपाको दुई दिने बन्द कार्यशारा सुरु

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना गरिएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभाग सदस्यहरुलाई बिभिन्न ६ समूहमा बिभाजन गरि छलफल भइरहेको सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिए । पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यलाई रणनीतिक रुपमा क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुईदिने बन्द कार्यशाला आयोजना गरिएको उनले बताए । बन्द कार्यशालाबाट आएका सुझावहरुलाई पुनः छलफल गरेर निष्कर्ष निकाली पार्टीको भावी रणनीति तय गर्ने रावललेले जानकारी दिए । कार्यशालामा विचार, संगठन, मूल्य मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियान...

Read More

विश्वभर आलोचना खेपिरहेको एउटा प्रतिस्पर्धा…

काठमाडौँ – पेरिस ओलम्पिकमा महिला बक्सिङ खेलमा ठूलो विवाद उत्पन्न भएको छ । पेरिस ओलम्पिकमा अल्जेरियाकी महिला बक्सर इमान खलिफसँग खेलिरहकी इटालियन महिला बक्सरले ४६ सेकेण्डमा खेल छाडिन् । इटालियन महिला बक्सर एन्जेला कारिनीले रिङमा प्रवेश गरेको ४६ सेकेन्डमै खलिफविरुद्धको खेल छाडिन् । ‘मैले आफ्नो जीवन बचाउनु पर्यो,’ उनले खेल पछि भनिन्। गत वर्षको विश्व च्याम्पियनसिपमा निर्धारित मापदण्ड पूरा नगरेको कारण सहभागी हुन नपाउने पेरिस ओलम्पिकका दुई खेलाडीमध्ये खलिफ पनि पर्छन् । तर यसपटक यी दुवै खेलाडीले पेरिस ओलम्पिक खेल्ने अनुमति पाएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले वेल्टरवेट विधामा खेल्ने खालिफको शरीरमा टेस्टोस्टेरोनको मात्रा बढेको कारण भारतमा हुने प्रतियोगिताबाट...

Read More