Author: Himalaya Post

प्राविधिक विषय पढ्ने विद्यार्थी पाउनै मुस्किल

टीकापुर– केही वर्ष अघिसम्म प्राविधिक विषय अध्ययन विद्यार्थीको पहिलो रोजाइ बन्ने गरेको थियो । प्राविधिक विषय अध्ययन गरेमा चाँडो रोजगारी पाइन्छ भन्ने चलन थियो । तर, आजभोलि प्राविधिक विषय पढ्ने विद्यार्थी पाउनै मुस्किल हुन थालेको छ । कैलालीमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्न थालेको देखिन्छ । केही वर्षपहिलेसम्म एसइईपछि पढाइ हुने प्राविधिक विषयमा मागभन्दा चारगुणा बढी आवेदन पर्ने गरेकामा अहिले विद्यालय तथा ‘इन्स्टिच्युट’लाई कोटा पुरा गर्नैै मुस्किल हुन थालेको छ । कैलाली टीकापुरका प्राविधिक धारका विद्यालय तथा इन्स्टिच्युटमा कोटाअनुसार विद्यार्थी पुगेका छैनन् । सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरमा सामान्य चिकित्सा ‘एचए’का लागि खोलिएको भर्नामा २६ जनाले मात्र फारम...

Read More

पर्सामा एकै वर्षमा २३२ साना तथा घरेलु उद्योग खारेज

वीरगञ्ज (पर्सा)– गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरु घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग खारेजी गराउन थालेका हुन् । घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले भने, “आर्थिक मन्दीका कारण थलापरेका साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको छ । अर्कोतर्फ सरकारले आव २०८१/८२ को बजेट वक्तव्यसँगै ल्याएको आर्थिक विधेयकमा वर्षाैदेखि नवीकरण नगर्ने साना तथा घरेलु उद्योग खारेजीमा २५ प्रतिशत छुट दिने प्रावधानको कारण पनि धेरै उद्योग खारेजीमा परेका हुन्”, उनले भने...

Read More

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

झापा– इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–७ पालिया का  २८ वर्षीय झकबहादुर खड्का रहेका छन् । खड्का चार दिन अघि लागू औषधसहित मेचीनगर–६ बाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इप्रका काँकडभिट्टाको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको थियो । मङ्गलबार राति १ः४० बजे स्वास्थ्यमा समस्या आएपछि खड्कालाई उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल पु¥याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए। खड्काको उपचारका क्रममा मृत्यु भएको उनले बताए । यसैगरी प्रादेशिक अस्पताल भद्रपुरका कर्मचारी आज अस्पतालमै मृत भेटिएका छन् । अस्पतालको...

Read More

सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा १७२ को मृत्यु

अत्तरिया (कैलाली) – गत आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ । सो अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिए । उनका अनुसार सवारी दुर्घटनामा परी गम्भीर र सामान्य गरी पाँच सय ३६ जना घाइते भएका छन् । जम्मा तीन सय नौवटा सवारी दुर्घटना भएका थिए । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको उनले जानकारी दिए । उहाँका अनुसार दुई सय...

Read More

बाढीले बगाएका मजदुरको शव फेला

टक्सार (भोजपुर)– बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ । भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिए । इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक तिम्सिनाले बताए । यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन थारुको भने स्थानीयले उद्धार...

Read More