जापानको बेरोजगारी दरमा सुधार
एजेन्सी – जापानको बेरोजगारी दर पछिल्लो महिनाको २.६ प्रतिशतबाट सामान्य सुधार भई जुन महिनामा २.५ प्रतिशतमा झरेको सरकारी तथ्याङ्कले मङ्गलबार जनाएको छ । एक वर्ष अघिको तुलनामा तीन लाख ७० हजारले वृद्धि भएर जुन महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या ६८.२२ मिलियन पुगेको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बताएको छ । मानिसहरूले स्वेच्छाले जागिर छाडी नयाँ काम खोजेका कारण बेरोजगार व्यक्तिहरूको सङ्ख्या जून महिनामा ३.३ प्रतिशतले घटेर मौसमी बेरोजगारीमा समायोजित हुदाँ १.७६ मिलियनमा पुगेको हो । स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार मे महिनामा १.२४ रहेको जापानको रोजगार–आवेदक अनुपात जूनमा घटेर १.२३ पुगेर लगातार तेस्रो महिनासम्म भएको यो गिरावटले प्रत्येक...
Read More

























