Author: Himalaya Post

प्रतिनिधिसभाको कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्वाचित

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुमदेवी थापा निर्वाचित भएका छन् । मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिमा कांग्रेसकी सांसद थापालाई निर्वाचित गरेको हो । यसअघि समितिको सभापतिमा थापाको मात्रै उम्मेदवारी परेको थियो । सभापतिमा निर्वाचित भएपछि उनले कृषि क्षेत्रको सुधार र नीतिका निर्माणका लागि ध्यान केन्द्रित गर्ने बताए । आरजु देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति रिक्त हुन पुगेको थियो...

Read More

समावेशी प्रतिनिधित्व संविधानमा लेखेर नहुँदो रहेछ…

काठमाडौँ – प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सांसद ईश्वरी न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डल समावेशी नभएकामा असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजका बैठकको विशेष समयमा उनले समावेशी मन्त्रिमण्डल गठन गर्न नेतृत्वको इच्छाशक्ति नदेखिएको टिप्पणी गरिन् । “समावेशी प्रतिनिधित्व संविधानमा लेखेर मात्रै हुँदो रहेनछ, नेतृत्वको दृढ इच्छाशक्ति भयो भने संविधानमा नलेखे पनि हुँदो रहेछ भन्ने उदाहरण २०१५ सालको संसदीय निर्वाचन र २०१६ को मन्त्रिमण्डललाई लिन सकिन्छ”, उनले भनिन्, “पहिलो आम निर्वाचनपछिको १९ सदस्यीय मन्त्रिमण्डलमा छ जनजाति, दुई मधेसी, थारु र महिला एक÷एक जना हुनुहुन्थ्यो ।” तत्कालीन प्रधानमन्त्री विपी कोइरालाले सुदूरपश्चिमका द्वारिकादेवी ठकुरानीलाई मन्त्री बनाएको स्मरण गर्दै उनले...

Read More

नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेशनल लाईफ गाला कन्सर्ट सम्पन्न गरेको छ । कम्पनीले २०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरु सहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३०० जनाको उपस्थितिमा सम्पन्न भएको हो । कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित कलाकार सन्दिप क्षेत्रीको प्रहसनसहित नेपालका चर्चित कलाकारहरु प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्माको बेजोड सांगितिक प्रस्तुती रहेको थियो भने चर्चित डि.जे. डिजे नानीको प्रस्तुतीमा उपस्थित अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए । भव्य रुपमा आयोजना गरिएको उक्त गाला...

Read More

बागमती प्रदेशका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार मुख्यमन्त्री लामाले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ अनुसार आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो । कूल ११० जना सदस्य रहेको बागमती प्रदेशसभाको आजको बैठकमा १०३ जना सांसद उपस्थित थिए । जसमध्ये ६४ जनाले मुख्यमन्त्री लामाको पक्षमा मतदान गरेका हुन् । यस्तै ३५ जनाले विपक्षमा मत हालेका छन् भने ३ जना तटस्थ बसेका छन् । लामालाई काँग्रेस र एमालेका सांसदले मत दिएका हुन् भने नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादी पार्टी लगायतले विपक्षमा मतदान गरेका छन्...

Read More

माओवादी केन्द्रले पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने

काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले गाँउस्तरदेखि नै पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । माओवादी प्रवक्ता अग्नि सापकोटाले सरकारबाट बाहिरिएसंगै जनतामा जाने र पार्टी संगठनलाई बलियो बनाउने अवसर प्राप्त भएकाले पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । पार्टी पुर्नजागरण अभियानलाई प्रभावकारी बनाउनका लागि कार्ययोजना बनाउन आगामी साउन २५ गते पार्टी स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिदै प्रवक्ता सापकोटाले त्यसपछि बस्ने केन्द्रीय कमिटीले अन्तिम रुप दिने बताए । उनले गठबन्धन मार्फत निर्वाचनमा जादा पार्टीको एजेण्डा जनतामा पुराउन नसकिएकाले...

Read More