अझै बनेन लेखनाथको बहुउद्देश्यीय ‘कभर्ड हल’
गण्डकी – आठ वर्षअघि पोखराको लेखनाथ रङ्गशालामा निर्माण थालिएको बहुउद्देश्यीय ‘कभर्ड हल’ बीचमै अलपत्र परेको छ । तीन वर्षदेखि कभर्ड हल निर्माण ठप्प अवस्थामा छ । बनेका संरचना पनि जीर्ण बन्न थालेका छन् । पोखरा महानगरपालिका–२९ भण्डारढिकमा निर्माणाधीन उक्त कभर्ड हल बजेट अभावमा अलपत्र परेको हो । निर्माण समितिका अध्यक्ष सुवास खड्काले पछिल्ला दुई आवमा कभर्ड हललाई कतैबाट पनि बजेट नपरेको बताए । पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश छन् । “बजेट नभएका कारण कभर्ड हल निर्माण रोकिएको हो,” अध्यक्ष खड्काले भने । पोखरा महानगरसहित सङ्घ र प्रदेश सरकारबाट बजेट ल्याउन...
Read More

























