Author: Himalaya Post

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा ९तामाङ०ले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री लामाले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त लामाले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेपाल कम्युनिष्ट पार्टी...

Read More

प्रधानमन्त्रीले आज मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देशन दिने

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीको पनि उपस्थिति रहनेछ । प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिएका थिए । सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए । ओली प्रधानमन्त्री भएपछि पहिलोपटक यस प्रकारको बैठक भएको हो...

Read More

आज साउन पन्ध्र, खिर खाएर मनाइँदै

महोत्तरी- आज साउने पन्ध्र पर्व खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । असार–साउन मासको धान रोपाइँमा हिलोमा काम गर्दा चिसोले गर्ने असर कम गर्न मध्य साउनमा खिर खाने परम्परा बसेको बूढापाकाको भनाइ छ । यसपटक ठिक समयमा बीउ नहुनु र पानी नपुग्नुले किसानले अपेक्षित धान रोपाइँ गर्न सकेका छैनन् ।...

Read More

बागमति प्रदेश युवा तथा खेलकुद मन्त्री महर्जनलाई मकवानपुर खेलाडीद्वारा भब्य स्वागत

मकवानपुर– नव नियुक्त बाग़मति प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई मकवानपुरका खेलाड़ीहरुले आज हेटौड़ामा भब्य स्वागत गरेका छन् । युवा तथा खेलकुद महर्जन खेल क्षेत्रमा हस्तिको रूपमा परिचित छन् । मन्त्री महर्जनले बोल्ने क्रममा आफ़नो नशा नशा मा खेलकूद जोडेको कारण आफ़ुले खेलकूद मन्त्रालय रोजेको उनले बताए । १२ वर्षको उमेरबाट कराते खेलसंग अबद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी हुँदै अन्तर्राष्ट्रिय रेफ्री,खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्ष समेत भएका थिए । उनै महर्जन युवा तथा खेलकूद मन्त्री भए लगत्तै बागमती प्रदेशका खेलाडीहरूमा खुशियाली छाएको छ। २०७९ सालको प्रदेश सभा निर्बाचनमा एमालेका उम्मेदवार चेतनाथ संजेललाई सानदार मतका साथ...

Read More

सरकारद्वारा १८ देशका लागि राजदूत सिफारिस, भारतमा शर्मालाई निरन्तरता

काठमाडौँ – सरकारले विभिन्न १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १८ देशका राजदूतलाई फिर्ता बोलाउँदै नयाँ राजदूत सिफारिस गरेको हो । चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय भएको हो । बैठकले यसअघि प्रचण्ड सरकारले फिर्ता बोलाएका भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई भने निरन्तरता दिएको छ । यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूतमा सिफारिस भएका छन्...

Read More