Author: Himalaya Post

माओवादी पदाधिकारी बैठक : अध्यक्ष प्रचण्डले भोलि जवाफ दिने

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा पदाधिकारीमा रहेका नेताहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। उनका अनुसार बैठकमा अधिकांश नेताले पार्टी वर्गीय धरातलमा फर्कनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेर सङ्गठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिएका थिए । सङ्गठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरुले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताएका थिए । शुक्रबारदेखि सुरु भएको बैठकमा आजसम्म १८ जना नेताले आफ्नो धारणा राखेका हुन् । नेताहरुले उठाएको प्रश्नको...

Read More

मनसुनजन्य विपतमा परी हालसम्म विपद्मा १४३ जनाको मृत्यु, ४७ जना बेपत्ता

काठमाडौँ – मनसुनी विपद्मा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढीपहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो । अहिलेसम्म काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा ३५, मधेस प्रदेशमा १०, बागमती...

Read More

डुरान्ड कपमा सहभागी हुन त्रिभुवन आर्मी क्लब भारत प्रस्थान

काठमाडौँ – भारतीय सेनाको आयोजनामा सञ्चालन हुने डुरान्ड कप फुटबल २०२४ मा भाग लिन त्रिभुवन आर्मी क्लबका खेलाडीहरु भारत प्रस्थान गरेका छन् । एक सय ३३औँ संस्करणको उक्त फुटबल प्रतियोगितामा सहभागी हुन प्रस्थान गरेको उक्त टोलीमा पूर्वराष्ट्रिय फुटबल खेलाडी एवं नेपाली सेनाका अवकाशप्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङको नेतृत्वमा त्रिभुवन आर्मी क्लबका खेलाडी तथा अधिकारी गरी ४२ जना सम्मिलित छन् । साउन ११ गतेदेखि भदौ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतको ‘ए लेभल’ फुटबल क्लबहरूसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ...

Read More

मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजाति माछा

बेलबारी (मोरङ) – मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ । बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एशियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल र रामचन्द्र अधिकारीले उक्त प्रजाति नेपालका लागि नयाँ भएको भन्दै भारतबाट प्रकाशित हुने प्रसिद्ध जर्नल ‘थ्रिटेन्ड टेक्सा’ को सन् २०२४ को जुन अङ्कमा लेख लेखेका छन् । लिम्बूलगायतको टोलीले दुई महिनाअघि पनि लोहन्द्रा खोलामै दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको नयाँ प्रजातिको माछा फेला पारेको थियो । सन् २०२२ को सेप्टेम्बरदेखि २०२३ को मार्च महिनासम्म स्थलगत सर्वेक्षणमा...

Read More

संसदीय सुनुवाई समितिद्वारा निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम अस्वीकृत

काठमाडौँ – संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ । संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको सुनुवाइ समितिले प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो । यसअघि सोमबार नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए । प्रस्तावित व्यक्तिले नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेकाले अस्वीकृत गर्ने निर्णय गरेको समिति सभापति पशुपति शम्शेर जवराले जानकारी दिए । यसअघि समितिमा प्रधानबिरुद्ध निर्वाचन आयुक्त हुने उच्च नैतिक चरित्र नदेखिएको भन्दै उजुरी परेको थियो । संवैधानिक परिषद्ले असार ५ गते निर्वाचन आयुक्तमा प्रधानको नाम सिफारिस गरि सुनुवाइका लागि...

Read More