Author: Himalaya Post

काँग्रेसले मन्त्री सिफारिस नगर्दा सरकार गठनमा ढिलाई भयो : मुख्यमन्त्री कार्की

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कांग्रेसले मन्त्रीहरुको नाम सिफारिस गर्न ढिला गरेका कारण सरकार गठनमा समय लागेको बताएका छन् । सोमवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै उहाले सरकार गठन बारे लगभग सहमति भईसकेको र नेकपा एमालेले मुख्यमन्त्री सहित ५ वटा र नेपाली कांग्रेसले ४ वटा मन्त्रालय लिने सहमति भएको बताए । तर कांग्रेसका तर्फबाट नाम नआउँदा ढिलाई भएको उनको भनाइ छ । उनले केन्द्रमा भएको सहमति अनुसार नै आधा आधा कार्यकाल सरकार चलाउने सहमति भए अनुसार चाडै मन्त्रिमण्डल पुनर्गठन हुने धारणा राखे । मुख्यमन्त्री कार्कीले बजेट संसोधन नभई केही विषयमा पूनरावलोकन गरिने समेत बताए...

Read More

ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल—अमेरिका सम्बन्धका विविध विषयमा छलफल भएको थियो । त्यस अवसरमा मन्त्री खड्काले नेपाल–अमेरिकाबीचको ७७ वर्ष लामो सम्बन्धलाई थप प्रगाढ बनाएर अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए । उनले ऊर्जा क्षेत्र नेपालको आर्थिक विकासको सबैभन्दा ठूलो क्षेत्र भएकाले यसलाई अगाडि बढाउन अमेरिकाको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । “युएसएआईडीमार्फत अमेरिकाले नेपालको विकासमा ठूलो सहयोग गरेको छ, आगामी दिनमा पनि यस्तो सहयोग हुने विश्वास लिएको छु”, मन्त्री खड्काले भने ।...

Read More

भैँसीको व्यापारबाट वार्षिक ३५ लाखको कारोबार

घोराही (दाङ) – जिल्लाको गढवा गाउँपालिका–४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थालेको ३२ वर्ष भयो । उनले हरेक वर्ष घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित कटुवाखोला किनारमा बिक्रीका लागि भैँसी ल्याउने गर्छन् । हरेक वर्ष जेठदेखि कार्तिकसम्म यहाँ भैँसी बिक्री गर्न आउने गरेको मुसलमानले बताए । “लामो समयदेखि भैँसी पालनसँगै व्यापार पनि गर्दै आएको छु । अहिले वार्षिक रु ३० देखि ३५ लाखसम्म आम्दानी हुन्छ”, उनले भने, “घरमा पनि सधैँ दुई/चारवटा भैँसी भइरहने भएकाले दूध, दही बिक्रीबाट पनि आर्यआर्जनमा सहयोग पुगेको छ ।” देउखुरी क्षेत्रबाट आफूसहित अन्य व्यापारीले पनि यहाँ दुहुना भैँसी बिक्रीका लागि ल्याउने गरेका मुसलमानले जानकारी...

Read More

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

म्याग्दी – मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । नेपाल बर्ड रेकर्ड कमिटि (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति) का अध्यक्ष डा तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले उक्त तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलो पटक भेटिएको विज्ञप्तिमार्फत जानकारी दिए । स्पोटेड फ्लाइक्याचर (Spotted Flycatcher) अंग्रेजी नाम भएको उक्त चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा (Muscicapa Striata) रहेको कमिटिका अध्यक्ष सुवेदीले जानकारी दिए । समुन्द्री सतहबाट तीन हजार छ सय ५० मिटर उचाइमा यही साउन २...

Read More

विश्व बैँकको ३३ अर्ब स्वीकार, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ – सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि विश्व बैंकबाट करिव ३३ अर्व ३३ करोड रुपैया बराबरको ऋण स्वीकार गर्ने भएको छ । साउन १० गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सोमबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम–पहिलो चरणअन्तर्गत उपलब्ध हुने १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले तल्लो मोदी–नयाँ मोदी १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत पर्वत जिल्लामा करिब शुन्य दशवल९४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय उनले बताए। त्यस्तै बैठकले बिभिन्न १५ जिल्लाका २ लाख ७१ हजार...

Read More