Author: Himalaya Post

ऊर्जामन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । ऊर्जामन्त्रीको कार्यकक्ष सिंहदरबारमा आज भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको छ । भेटमा राजदूत सोङले ऊर्जा क्षेत्र नेपालको विकासका लागि महत्वपूर्ण र अपरिहार्य भएकाले यसको विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले वर्तमान सरकार मुलुकका दुई ठूला राजनीतिक दल मिलेर बनेकाले उक्त सरकारले विकासलाई अगाडि बढाउनेमा आफू पूर्ण आशावादी रहेको बताए । भेटका क्रममा ऊर्जामन्त्री खड्काले कोरोना महामारीका समयमा बन्द रहेका चीनसँग जोडिएका नाका सञ्चालनमा ल्याउन गरेको सहयोगप्रति धन्यवाद दिए । “म पनि चीनसँग सीमानाका जोडिएको...

Read More

प्रतिनिधिसभामा दुईवटा प्रस्ताव सर्वसम्मतीले स्वीकृत

काठमाडौँ – राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचारियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ । प्रस्ताव स्वीकृतिभएसँगै सभामुख देवराज घिमिरेले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि संशोधन हाल्न चाहनुहुने माननीयले प्रतिनिधिसभा नियमावली २०७९ को नियम एक सय १२ बमोजिम ७२ घन्टाभित्र आफूले पेश गर्न चाहेको संशोधनको सूचना विधेयक शाखा प्रतिनिधसभाको संशोधन दिन सक्नुहुने छ’ भने । राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायनसम्वन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायनसम्बन्धी विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।...

Read More

प्रतिनिधिसभा : बढ्दो हवाई दुर्घटनासँगै नियामकको भूमिकामाथि प्रश्न

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली आकाशमा हवाई दुर्घटना बढेसँगै नियामक निकायको भूमिकामाथि प्रश्न उठेको छ । बैठकमा सांसद उदयशमशेर जबराले पछिल्लो छ दशकमा साना ठूला गरी ७२ वटा हवाई दुर्घटना भएकाले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको भूमिकामाथि प्रश्न उठेको बताए । सो अवधिमा भएका हवाई दुर्घटनामा परी नौ सय ३५ जनाले ज्यान गुमाएका तथ्याङ्क प्रस्तुत गर्दै उनले हवाई दुर्घटना न्यूनीकरणमा विशेष योजना ल्याउन र कडाइका साथ कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराए । सांसद रघुजी पन्तले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताबारे मुलुकका सबै राजनीतिक दल र नागरिकको एउटै आवाज हुनुपर्ने आवश्यकता औँल्याउँदै सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने...

Read More

कांग्रेस–एमालेले रास्वपामाथि टार्गेट गरे : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले कांग्रेस–एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै लामिछानले पछिल्लो समय सदनमा प्रधानमन्त्रीका साथै कांग्रेस–एमाले सांसदको अभिव्यक्ति सुन्दा रास्वपा ठूला दलको टार्गेटमा परेको आभाष भएको बताएका हुन् । संसद्को पछिल्लो गतिविधिले मुलुकको लागि आवश्यक रहेको दल नै रास्वपा हो भन्ने पुष्टि हुदै गएको उनले बताए । लामिछानेले आफू केही समय नबोलौं भनेर चुप लागेर बसेको भएपनि पछिल्लो समय सदनमा आफुमाथि लागेको आरोपबारे स्पष्ट पार्नुपर्ने अवस्था आएको धारणा राखे । भ्रष्टाचारको फाइल खुल्ने विषयमा आफुलाई जस नचाहिएको उनले बताए । उनले कैलाश सिरोहियाको नागरिकता प्रकरणमा अझैपनि अनुसन्धान...

Read More

विमान परिचारिकाले बुझाए पर्यटनमन्त्रीलाई सुझावपत्र

काठमाडौँ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा लामो समयदेखि कार्यरत विमान परिचारक र विमान परिचारिका (एयरहोस्टेस)ले सेवासुविधा नपाएको भन्दै सेवा वृत्तिको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष आग्रह गरेका छन् । निगमका करार सेवामा कार्यरत एयरहोस्टेसको टोलीले आज पर्यटनमन्त्री पाण्डेलाई उहाँको कार्यकक्ष सिंहदरबारमा भेटी मागसहितको १२ बुँदे सुझावपत्र बुझाएका हुन् । निगममा कार्यरत सम्पूर्ण एयरहोस्टेस सेवा प्रवेश गर्दा करारमा रहेको र हाल पनि करारमै काम गरिरहनुपरेको उल्लेख गर्दै जीवनभर नै करार सेवामा बिताउनुपर्दा वृत्तिविकासको चिन्ता र आश्रित परिवार तथा सन्तानको समेत भविष्यलाई दृष्टिगत गरी सेवा वृत्ति गर्न उनीहरुले माग गरेका छन् । एयरहोस्टेसको सुझावपत्र...

Read More