Author: Himalaya Post

संसद्मा गणपुरक सङ्ख्या नपुगेपछि…

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गणपुरक सङ्ख्या नपुगेपछि कार्यसूचीबाट हटाइएको छ । बैठकमा सांसदहरुले धारणा राखे लगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जवाफ दिएकी थिइन् । आजको बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल चलेको थियो । छलफलमा सांसदहरुले उठाएको जिज्ञाशाको जवाफमा मन्त्री भट्टराईले संविधानको भावनाअनुरुप विधेयक अगाडि बढाइएको बताउदै समितिमा दफाबार छलफलका क्रममा विधेयकलाई परिस्कृत गर्न सकिने धारणा राखिन् । गणपुरक सङ्ख्या नपुग भएको भनी सांसद सन्तोष परियारले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले तीन मिनेट घण्टी बजाई गणपुरक सङ्ख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिए। गणपुरक सङ्ख्या...

Read More

धरापमा परेर गैँडा मरेपछि चार जना पक्राउ

चितवन – बँदेल मार्न थापेको विद्युतीय धरापमा परी गैँडा मरेपछि चार जनालाई पक्राउ गरिएको छ । भरतपुर महानगरपालिका–२६ मा गैँडा मारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए । स्थानीयले मकैबारीमा आउने गरेको बँदेल मार्न थापेको विद्युती पासोमा परी अन्दाजी १३ वर्षको पोथी गैँडा मरेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । सुरुआतमा गैँडा प्राकृतिक कारणले मरेको जस्तो देखिए पनि शव परीक्षणका क्रममा विद्युतीय धरापमा पारी मारिएको खुलेपछि अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले बताए । “गैँडाको खाग, खुर सुरक्षित भए पनि जुनसुकै किसिमले वन्यजन्तुलाई...

Read More

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशी दोषी ठहर

काठमाडौँ – सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार अदालतले पूर्वमन्त्री जोशीलाई दोषी ठहर गर्दै नौ महिना कैद र रु ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ । यसअघि विशेष अदालतले जोशीलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै डेढ वर्ष कैद र रु दुर्य करोड १६ लाख १४ हजार तीन सय ७६ जरिवाना हुने फैसला सुनाइएको थियो । विशेष अदालतकोे उक्त फैसलाविरुद्ध जोशीले २०६९ साल फागुनमा सर्वोच्चमा पुनरावेदन...

Read More

श्रीलंकाले पहिलो पटक चुम्यो महिला एशिया कपको उपाधि, भारत ८ विकेटले स्तब्ध

काठमाडौँ – एसीसी महिला एशिया कपक क्रिकेटको उपाधि आयोजक श्रीलंकाले जितेको छ । आतइबार फाइनल खेलमा साबिक विजेता भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले पहिलो पटक महिला एशिया कपको उपाधि जितेको हो । यसअघिका ८ संस्करणमध्ये ५ पटक फाइनलमा पुगेर पनि चुकेको श्रीलंकाले यसपटक भने लक्ष्य पूरा गर्न सफल भएको हो । आइतबार श्रीलंकाको रंगिरी दाम्बुला क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो । १६६ रनको चुनौती पच्छ्याउँदै मैदान छिरेको श्रीलंकाले ८ बल बाँकी छँदै २ विकेट गुमाएर जित हात पारेको हो । श्रीलंकाको ऐतिहासिक जितका लागि कप्तान चामरी अथापथ्थु,...

Read More

काठमाडौँमा तीन जनामा हैजा पुष्टि

काठमाडौँ – काठमाडौँमा तीन जना हैजाका बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिए। बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । “तीन जनामा रोग पुष्टि भएको छ । हैजा कसरी फैलियो भन्नेबारेमा अध्ययन गर्न टोली पठाइएको छ । अन्यत्र फैलिन नदिनका लागि सचेत छौँ”, डा अर्जुन सापकोटाले भने। यसअघि ललितपुरको एक सुधार केन्द्रमा हैजाका सात जना बिरामी भेटिएका थिए । कार्यालय प्रमुख डा सापकोटाले दूषित पानीका कारण हैजा फैलिएको हुनसक्ने बताए । केही दिनअघि टुकुचा खोला र...

Read More