पेरिस ओलम्पिक : हिट चरणबाट बाहिरिइन् पौडीकी डुबाना लामा
काठमाडौँ – नेपाली पौडी खेलाडी डुवाना लामा पेरिस ओलम्पिक २०२४ को हिट चरणबाटै बाहिरिएकी छिन् । आइतबार महिला २०० मिटर फ्रि स्टाइलमा उनले निर्धारित दूरी पार दुई मिनेट २०.७४ सेकेन्डमा पार गरिन् । सात खेलाडी रहेको हिट वानमा उनी अन्तिम स्थानमा रहिन् । डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा पुगेकी थिइन् । त्यसअघि आइतबार नै सुटिङकी सुस्मिता नेपालले पनि खराब प्रदर्शन गरिन् । ४४ जनाले भाग लिएको १० मिटर एयर राइफलमा सुस्मिता ४२ औं स्थानमा आइन् । उनले ६ सय ७.८ स्कोर गरेकी थिइन्...
Read More

























