Author: Himalaya Post

१६ अर्ब ९३ करोडको विद्युत् निर्यात, नेपाल बन्यो खुद विद्युत् निर्याकर्ता

काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ मा रु १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी रु १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा छ । प्राधिकरणले गत आवमा रु १६ अर्ब ८१ करोड तीन लाखको विद्युत् आयात गरेको जनाएको छ । सुक्खायाममा खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो । हिउँदयाममा आयात गरिएको विद्युत्को औसत दर प्रतियुनिट नौ रुपैयाँ १७ पैसा छ । गत आवमा आयातभन्दा रु १२ करोड २३ लाखको बढी विद्युत् भारततर्फ निर्यात भएको छ । यसैगरी, ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत् निर्यात भएको हो । निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युत्को खुद निर्यातकर्ता बनेको छ । आव २०७९/८० मा भारतबाट रु १९ अर्ब ४४ करोड ४० लाखको विद्युत् आयात भएको थियो...

Read More

सौर्य एयर दुर्घटनासम्बन्धी जाँचबुझ आयोग अध्ययन थालिसक्यो : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरको विमान दुर्घटनासम्बन्धी जाँचबुझ आयोगले अध्ययन सुरु गरिसकेको जानकारी दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री पाण्डेले जहाज दुर्घटना भएपछि सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको र आयोगले दुर्घटनास्थलको स्थलगत निरिक्षणका साथै ककपिट भ्वाइस रेकर्डरको समेत अध्ययन सुरु गरिसकेको जानकारी दिए । दुर्घटनामा परेका १७ जना नेपालीको शव सम्बन्धीत परिवारलाई बुझाइसकेको उल्लेख गर्दै उनले एक निदेशी नागरिकको शव बुझाउने प्रक्रिया सुरु भइसकेको बताए । दुर्घटनापछि मृतकका परिवारलाइ बीमा लगायतका क्षतिपूर्ति दिन सौर्य एयरलाई निर्देशन दिइसकेको उनले बताए । त्यस्तै उनले दुर्घटनामा ज्यान...

Read More

आन्तरिक पर्यटकको रोजाइमा महावै पाटन

मान्म (कालीकोट) – कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिक रुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो । पाटनमा हिउँदमा हिउँ र वर्षा याममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आक्रषर्णको केन्द्रका रुपमा रहेको कालीकोट महावै गाउँपालिका–४ ओदानकुका रजबहादुर शाहीले बताए । कालीकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जोड दिन थालेका छन् । महावै पाटनका नामबाट दैलेखमा महाबु र कालीकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ । पाटनका बीचमा रहेको डुङ्गामाथि शिवको मन्दिर छ...

Read More

हवाई दुर्घटना रोक्न गम्भीर भएर लाग्न सरकारलाई सांसदको सुझाव

काठमाडौँ – सांसदहरुले नेपालमा हवाई दुर्घटना रोक्नका लागि गम्भीर भएर अध्ययन गर्नका लागि सरकारलाई सुझाव दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले नेपालमा निरन्तर हवाई दुर्घटना हुने गरेको भन्दै देखिएका कमीकमजोरीको समाधानका लागि गम्भीर भएर अध्ययन गर्नका लागि सरकारलाई सुझाव दिएका हुन् । साथै उनीहरुले हवाइ दुर्घटना भएपछि बन्ने आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसकेको आरोप समेत लगाएका छन् । बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो सौर्य एयरको विमान दुर्घटनापछि बनाइएको छानविन आयोगप्रति प्रश्न उठाए । उनले जहाजलाई मर्मतका लागि लैजाने क्रममा अन्य व्यक्तिहरुलाई लानुपर्ने र मर्मतका लागि पोखरा बिमानस्थल नै जानुपर्ने कारण खोजिनुपर्ने धारणा राखे । सबैभन्दा सुरक्षित...

Read More

स्वार्थ नमिल्दा भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने डिआइजी सरुवा गरियो : हरि ढकाल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई सरुवा गरेको भन्दै आपत्ती जनाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको आकस्मीक समयमा ढकालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका मनोज केसीलाई सरुवा गरेको भन्दै आपत्ती जनाएका हुन् । अब्बल राष्ट्रसेवक कर्मचारी डिआइजी केसीलाई आफ्नो स्वार्थ नमिल्दा सरुवा गरिएको उनको आरोप छ । उनले वर्तमान सरकार गठन भएपछि मन्त्रपिरिषद् र प्रादेशीक मन्त्रीहरु नियुक्ती देखि प्रहरी अधिकारीको सरुवासम्मको काम हेर्दा सरकारको उद्देश्यको श्रृखला देखिन थालेको जिकिर गरे । ढकालले बेथितीका कुराहरुलाई संदनमा प्रस्तुत गर्दा नातिनातिनाको संज्ञा दिएको उनले बताए । आफूहरु अपूताली खाने नातिनातिना नभएको भन्दै...

Read More