मनसुनजन्य विपदमा परी हालसम्म १४४ जनाको मृत्यु, ४८ बेपत्ता : गृहमन्त्री
काठमाडौँ – मनसुनजन्य विपद्का कारण यस वर्ष १ सय ४४ जनाको मृत्यु भएको छ भने ४८ जना बेपत्ता भएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री रमेश लेखकले यस वर्ष मनुसुन भएको दिन जेठ २८ गतदेखि हालसम्म प्राकृतिक प्रकोपका १ हजार ५ सय ९२ घटना घटेको र १ सय ४४ जनाको ज्यान गएको जानकारी दिएका हुन् । प्राकृतिक विपद्का कारण २ सय ३१ घरमा क्षति पुगेको, ४३ वटा पुल बगेको र ४ हजार भन्दा बढि परिवार विस्थापीत हुने अवस्थामा पुगेको उनले जानकारी दिए । गृहमन्त्री लेखकले मृत्युमध्ये ४७ परिवारलाइ राहत दिएको र बाँकी परिवारलाई राहत...
Read More

























