Author: Himalaya Post

जनताको माग र समयको आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको माग र समयको आवश्यकताअनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् । बिपी कोइराला स्मृति दिवसका अवसरमा सहिद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिंहले कांग्रेसको नेतृत्वमा वर्तमान नयाँ संविधान जारी भएको भन्दै जनताको माग र समयको आवश्यकताअनुसार संविधान संशोधन हुनसक्ने बताएका हुन् । उपप्रधानमन्त्री सिंहले कांग्रेस र एमाले मिलेर बनेको सरकारले जनताको इच्छा पूरा गर्नका लागि ध्यान केन्द्रित गर्ने उल्लेख गरे । त्यस्तै उनले संघ, प्रदेश र स्थानीय तीन तहको सरकार अधिकार सम्पन्न नहुँदा अहिलेको जटिल अवस्था सिर्जना भएको उनको भनाइ छ । उनले अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन...

Read More

नबिल बैंक एकैसाथ तीन अन्तर्राष्ट्रिय अवार्ड र एक राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं – नबिल बैंक लिमिटेडले एकसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ । ४०औँ वार्षिकोत्सवका कार्यक्रमहरू मनाउँदै गर्दा बैंकले यी महत्वपूर्ण अवार्डहरू जित्न सफल भएको हो । यस उपलब्धिले बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन, र उत्कृष्ट सेवाको मान्यता थप सुदृढ गरेको छ । बैंकको ४० वर्षे अनवरत यात्रामा धेरै उपलब्धि हासिल भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ढुंगानाले भने ‘नवीन प्रयोग र ग्राहकको सुविधामा हाम्रो ध्यानले हामीलाई यी अवार्डहरू दिलाएको छ, जुन हाम्रा कर्मचारीको अथक मेहनतको फल हो । सबैलाई बधाई दिन चाहन्छु ।’ १. नेशनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (एनबिपिए), २०२३ नबिल...

Read More

शिक्षा र सञ्चार क्षेत्र प्रविधिमैत्री बनाउन आवश्यक : शिक्षामन्त्री भट्टराई

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्ने बताएकी छन् । सोमबार ललितपुरमा मिडिया एडभोकेसी ग्रुप र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले पत्रकारिता देखि समग्र क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको भन्दै सरकार पनि यसमा गम्भीर भएर लाग्ने बताएकी हुन् । सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी उनले बताइन् । सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने भन्दै उहाले महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको उल्लेख गरिन् । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले महिला पत्रकारलाई बढी विश्वास गर्ने गरेको देखिएको भन्दै पत्रकारितामा महिला ल्याउन र...

Read More

मेची भन्सार कार्यालयद्वारा १४ अर्ब २३ करोड रुपैयाँ राजश्व सङ्कलन

भद्रपुर (झापा)- पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कानुसार गत आर्थिक वर्ष २०८०/८१ मा रु ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार बराबरको आयात हुँदा रु २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मालवस्तु निर्यात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात तीन दशमलव ४८ प्रतिशतलले कम हुँदा निर्यात भने १० दशमलव ७१ प्रतिशतले बढेको छ । उनका अनुसार आव २०७९/८० मा रु ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार आयात...

Read More

प्रतिनिधिसभा : संसदमा सांसदसंग प्रधानमन्त्री ओलीको सवाल–जवाफ (लाईभ)

काठमाडौँ– प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूबीच सवालजवाफको कार्यसूची राखिएको छ । आइतबार विश्वासको मत लिएका प्रधानमन्त्री ओलीले आज सांसदहरूसँग प्रश्नोत्तर गर्न लागेका हुन् । प्रतिनिधिसभा नियमावलीमा हरेक महिना सरकारका कामकारबाही र समसामयिक जनसवाललाई लिए सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिने प्रावधान छ...

Read More