खराब समयमा आएको संविधान संशोधनको विषय बद्नियतपूर्ण : वर्षमान पुन
काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रतिपक्षीमा हुँदा विभिन्न प्रकरणमा कांग्रेसले उठाएका विषयको जवाफको अपेक्षा गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा पुनले नक्कली भुटानी शरणार्थीदेखि गिरीबन्धु टी स्टेटसम्मका कांग्रेसले उठाएका विषयको जवाफको अपेक्षा गरेको बताएका हुन् । उनले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार बिचौलियाले चलाउने आशंका व्यक्त गर्दै नेता र राजनीतिक दलले देश चलाउनुपर्नेमा जोड दिए । आफु र आफु भन्दा अघिको अर्थमन्त्रीले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न खोज्दा बिचौलिया हावी भएको भन्दै अबको अर्थमन्त्रीको कदमलाई नियाल्ने उनले बताए । उनले अहिले संविधान संशोधनको विषय खराब मौसममा बदनियतपूर्ण रुपमा आएको आशंका पैदा भएको धारणा...
Read More

























