ऐन संशोधन गर्न अघि सारेको प्रस्ताव संसदबाट पास हुन्छ : मन्त्री यादव
काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डले आवश्यक ऐन संशोधनका लागि अघि सारेको प्रस्तावलाई अध्ययन गरेर संसदबाट पास गराइने बताएका छन् । काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डको आज भ्रमणका क्रममा मन्त्री यादवले बोर्डले अघि सारेको प्रस्तावलाई मन्त्रालयका सचिव, कर्मचारी एवं बोर्डका महानिर्देशकसहितको टोलीसँग छलफल तथा अध्ययन गरी संसदबाट पास गराउने बताए बोर्डमा काम गर्ने क्रममा आएका चुनौतीको समाधान गर्न पहल गर्ने उनले उल्लेख गरे । मन्त्री यादवले मन्त्रालय र बोर्डका कर्मचारीलाई आपसी सहकार्यका साथ काठमाडौँ उपत्यकामा बाहै्र महिना पानी उपलब्ध गराउने उद्देश्यका साथ काम गर्न निर्देशन दिए । भ्रमणका क्रममा उनले खानेपानी व्यवस्थापन बोर्डको इतिहास, गतिविधि, सञ्चालित कार्यक्रम,...
Read More

























