Author: Himalaya Post

विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालित

काठमाडौँ – नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि ८ सय ६८ जनाको फौज परिचालित भएको जनाएको छ । पहिराले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रीको खोज तथा उद्धारका लागि गोताखोरसहित नेपाली सेनाका एक सय ४२ जनाको टोली परिचालित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नदीको उच्च बहाब तथा धमिलो पानीको बाबजुद पनि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका संयुक्त टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिइरहेकाल छन् । खोजीको क्रममा उद्धार टोलीले शुक्रबार बिहानसम्म २३ जनाको शव फेला परेको छ । सोमध्ये नौ वटा शवको सनाखत...

Read More

केन्द्रको समीकरण अनुसार नै प्रदेश सरकार बन्छ : मुख्यमन्त्री कार्की

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा सरकार बन्ने बताएका छन् । शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री कार्की केन्द्रको समीकरण भन्दा फरक रहने सोच नभएको भन्दै त्यही अनुसार सरकार बन्ने बताएका हुन् । सरकार पुनर्गठनका लागि कांग्रेससंग छलफल भइरहेको भन्दै ठोस जवाफ आइनसकेको उनले बताए । उनले आफूले कांग्रेसको जवाफ पर्खिरहेको जिकिर गरे । मुख्यमन्त्री कार्कीले माओवादीलाई पनि प्रदेशमा समीकरण परिवर्तन गर्ने तयारीका विषयमा जानकारी गराइसकिएको बताए । उनले प्रदेशमा मन्त्रालयको भागबण्डाका विषयमा केन्द्रको निर्देशन आवश्यक नभएको बताए...

Read More

के छ प्रधानमन्त्रीलाई एमालेले दिएको सुझावमा ?

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज दिएको सुझावपत्रमा नेपाल सरकारले तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीसहित विस्तृत विषय समावेश गरिएको छ । एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले आज एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सिंहदरबारमा भेटी आज सुझावपत्र बुझाएको हो । सुझावपत्रमा सुशासन, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, आर्थिक शिथिलताको अन्त्य, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धि हासिल गर्ने विषय, सेवाप्रवाहमा सहजता र झण्झटिलो प्रशासनिक प्रक्रियालाई अन्त्य गर्ने विषय तथा सामाजिक न्याय र सुरक्षाका विषयहरू विषय रहेका छन् । यस्तै झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्राका क्रममा प्राप्त भएका सुझावदेखि जनतामा कायम...

Read More

महिला एशिया कपमा नेपालको ऐतिहासिक जित, युएईलाई ६ विकेटले हरायो

काठमाडौँ – श्रीलंकामा आजदेखि सुरु भएको एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमै नेपालले ऐतिहासिक जित हात पारेको छ । शुक्रबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ६ विकेटले हराउँदै नेपालले इतिहास रचेको हो । नेपालले महिला एशिया कपमा पहिलो जित हात पारेको हो । यसअघि २ संस्करण खेलेको नेपालले कुनै पनि जित हात पार्न सकेको थिएन । शुक्रबार श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै ११८ रन बनाएको हो । नेपालको ऐतिहासिक जितका लागि नेपाली ओनिङ...

Read More

बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटक बढे

गुलरिया (बर्दिया) – पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजापतका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो । कोभिडपछि थलिएको यहाँको पर्यटन व्यावसाय पछिल्ला वर्षयतादेखि केही आशा पलाएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए । निकुञ्जमा पर्यटक बढेपछि पर्यापर्यटनको राजस्वमा उल्लेख्य वृद्धि भएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा आन्तरिक, सार्क र विदेशी पर्यटक गरी २४ हजार तीन सय २४ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । सोबापत निकुञ्जलाई रु दुई करोड २२ लाख आम्दानी भएको वाग्लले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१...

Read More