Author: Himalaya Post

संसद् भवन निर्माण शीघ्र सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

काठमाडौँ – सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको काम सन्तोषजनक नभएको बताएका छन् । तीन वर्षमा सक्ने गरी २०७६ असोज १६ गते निर्माण व्यवसायीसँग सम्झौता भएको संसद् भवनको काम समयमा सम्पन्न नभएपछि आज उनले सिंहदरबारमा सरोकार भएका निकायका अधिकारीहरुलाई बोलाएर जानकारी लिएका हुन् । यसअघि निर्माणाधीन संसद् भवनका १२ वटै संरचना मङ्सिर मसान्तसम्म सकेर आगामी हिउँदे अधिवेशन आफ्नै भवनमा गर्ने भनी ‘माइन्युट’ गरिएकाले त्यसैअनुरुप गर्न सभामुख घिमिरेले निर्देशन दिए । “भवनमा अहिले सात इञ्चको टेलिभिजन स्क्रीन राखिएको रहेछ, बजारमा १५ इञ्चसम्मको स्क्रीन आइसकेको छ, ठूला स्क्रीनमा अक्षर पनि ठूला आउँछ, यस विषयमा ध्यान पुर्याउनुपर्छ, भवन निर्माण प्रगतिका बारेमा...

Read More

बेनी-दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

गलेश्वर (म्याग्दी) – गत असार २७ गते रातिदेखि खस्न थालेको पहिरोका कारण बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध बनेको छ । उक्त खण्डको तातोपानीमा गएको पहिरोका कारण यातायात सञ्चालन नहुँदा पश्चिम म्याग्दीका सयौँ नागरिकले दैनिक यात्रामा सास्ती भोग्दै आएका छन् । पिठ्युमा भारी र काँधमा छोरीलाई बोकेर तातोपानी परको घुमाउने भिरपारी पैदल हिडेर यात्रा गरेकी धवलागिरि गाउँपालिका–७ धारापानीकी जमुना थापाले लामो सुस्केरा हाल्दै बेनी–दरबाङ खण्डको पहिरोलाई नियालिन् । सदरमुकाम बेनीबाट खाद्यपदार्थका साथै दैनिक उपभोग्य सामग्री गाउँतर्फ लैजान नसक्दा खाद्यान्नलगायत विकास निर्माणमा आवश्यक पर्ने सामग्रीको अभाव भएको छ । गाउँमा उत्पादित तरकारी, फलफूल तथा अन्य कृषिजन्य वस्तु बिक्रीका लागि बजारसम्म ल्याउन...

Read More

महिला एशिया कप : युएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग पहिलो बलिङ गर्ने भएको छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा नेपालले टस जितेर बलि«ङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुने छ । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो । खेल सूचीअनुसार नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा पाकिस्तान र भारत छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन्...

Read More

परराष्ट्रमन्त्री डा राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो । भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ...

Read More

प्रधानमन्त्री ओलीलाई मोदीको सन्देश : छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा छ

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश दिँदै दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका छन् । दुई देशबीचको सदियौँ पुरानो संस्कृति, सभ्यता र खुला सिमानाका कारण दुई देशका नागरिकबीच बलियो सम्बन्ध कायम गरेको भारतीय प्रधानमन्त्री मोदीले सन्देशमा उल्लेख गरेकान छन् । पछिल्लो समय दुई देशबीच कनेक्टिभिटी र ऊर्जालगायत क्षेत्रमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै उनले दुई देशको समग्र विकासमा साझेदारी र सहकार्य गर्न नेपालका प्रधानमन्त्री ओलीलाई आग्रह गरे । “भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल विशेष र प्राथमिकता साझेदारको रूपमा रहेको छ । हाम्रो पारस्परिक लाभका विषयमा साझेदारीलाई सुदृढ गर्दै...

Read More