Author: Himalaya Post

एसीसी महिला एशिया कप : युएईद्वारा नेपाललाई ११६ रनको चुनौती

काठमाडौँ – श्रीलंकामा आजदेखि सुरु भएको एसिसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई ११६ रनको चुनौती दिएको छ । शुक्रबार श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा टस हारेर पहिले ब्याटङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको हो । युएईका लागि खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन् । उनले ३९ बलमा २ चौका प्रहार गरिन् । यस्तै कविसा एगोडागेले २२ तथा समिरा धरनिधर्काले १३ तथा कप्तान इशा ओजाले १० रन जोडिन् । बलिङतर्फ नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन् । उनले ४ ओभरमा १९ रन मात्रै खर्चिइन् । यस्तै...

Read More

सुजाता कोइरालाको घोषणा : काँग्रेसको आगामी महाधिवेशनमा शेखरलाई समर्थन

काठमाडौँ – नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवशेनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन् । शुक्रबार बालुवाटारस्थित शेखर कोइरालाको सचिवालयमा पुगेर सुजाता कोइरालाले आफूभित्र कुनै विवाद नरहेको भन्दै आगामी आगामी महाधिवशेनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी हुन् । पार्टीका अग्रज आफ्ना परिवारहरुले देखेको सपना पूरा गर्ने नेतृत्वदायी भूमिका शेखर कोइरालाले लिएको भन्दै सुजाता कोइरालाले मुलुकलाई निकास एकजुट हुनै पनि उल्लेख गरिन् । त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले देश अप्ठेरो अवस्थामा रहेका बेला सबै मिलेर अघि बढ्नुपर्ने बताए । उनले विगतमा केही तलमाथि भएपनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको भन्दै पुन एकतावद्ध भएर अघि बढ्ने धारणा राखे...

Read More

बङ्गलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्री राणाको चासो

काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी लिएकी छन् । मन्त्री डा राणाले आज राजदूत भण्डारीलाई टेलिफोन सम्पर्कगरी त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिकको अवस्थाका बारेमा जानकारी लिनुभएको हो । त्यसक्रममा उनले नेपालीहरूलाई कुनै अप्ठ्यारो हुन नदिन र सुरक्षित तवरले आआफ्ना स्थानमा रहने वातावरणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको परराष्ट्रमन्त्री डा राणाको सचिवालयले जनाएको छ । राजदूत भण्डारीले त्यहाँ सबै नेपाली सुरक्षित रहेका र उनीहरुलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आफ्ना क्याम्पस प्रशासनको निर्देशन पालना गर्न...

Read More

बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ : मन्त्री खड्का

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन् । प्राधिकरणका अध्यक्षसमेत रहेका मन्त्री खड्काको स्वागतमा आज नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको ‘बधाई तथा स्वागत’ कार्यक्रममा उनले हिउँदमा कममात्रामा विद्युत् हुँदा समस्या भएको भन्दै बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्नेमा जोड दिए । “किन हिँउद याममा विद्युत् पुग्दैन, यसको समस्या समाधानका लागि प्राधिकरणले केकस्ता योजना र कार्यक्रम अगाडि सारेको छ रु, हिँउद याममा बिजुली पुर्याउनेगरी प्राधिकरणले योजना बनाएर कार्यान्वय गर्नुपर्छ”, ऊर्जामन्त्री खड्काले भने । प्रभावकारी योजना बनाएर अगाडि बढ्दा मन्त्रालयले सदैव सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।...

Read More

बागमती प्रदेशको मुख्यमन्त्रीमा निर्विकल्प इन्द्र बानियाँ !

काठमाडौं – नयाँ सत्ता गठबन्धनले दुई तिहाई बहुमतका आधारमा संविधान संशोधन गर्ने एजेन्डालाई मूर्तरुप दिने भएपछि विभिन्न प्रदेशहरुमा पनि सोही अनुसारको सबल नेतृत्व चयनको प्रक्रिया प्रारम्भ भइसकेको छ । मुलुक संघीयतामा गइसकेपछि बागमती प्रदेशमा नेपाली काँग्रेसले पहिलोपटक सरकारको नेतृत्व गर्ने अवसर पाउँदैछ । यसपटक नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार को बन्ला भन्ने अन्यौल या कौतुहल पनि छैन । समग्र प्रदेशका जनता, पार्टी नेतृत्व तह र प्रदेश संसदीय दलका सदस्यको एउटै चाहना छ–यसपाली प्रदेश संसदीय दलका पूर्व नेता इन्द्र बानियाँलाई नै मुख्यमन्त्री बनाउनुपर्छ । हुन त इन्द्र बानियाँ पहिलोपटक प्रदेश संसदीय दलको नेता हुँदा नै मुख्यमन्त्री बन्ने लाइनमै थिए ।...

Read More