Author: Himalaya Post

मानव बेचबिखन गरेको अभियोगमा पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले भिजिट भिसामा एकजना पीडितलाई कुवेत पु¥याई मानव बेचबिखन गरेको अभियोगमा पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले भने, “बेचबिखन गरेको भन्ने पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बुधबार ललितपुर महानगरपालिका–२४ बाट निजलाई पक्राउ गरेको हो ।” अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलब रु ४० हजारसम्म हुने काममा लगाइदिने प्रलोभन देखाई रु दुई लाख नगद लिई दुबईमा अर्का अभियुक्तले भेट गरी आफू बस्ने कोठामा लगि बन्धक बनाई घरेलु...

Read More

खोलाले बगाउँदा एकको मृत्यु

त्रिवेणी (रुकुमपश्चिम)–  रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई आज खोलाले बगाउँदा उनको मृत्यु भएको हो । काफचौर तर्नेक्रममा खोलाले बगाउँदा पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नविन मरासिनीले जानकारी दिए । उनको शव ढुङ्गा र माटोले पुरिएको अवस्थामा फेला परेको छ । यसअघि सोमबार राति आएको बाढीले सोही वडाको झिनचौरमा तीन बालिकाको मृत्यु भएको थियो । खोलाले बगाउँदा एक जना अझै बेपत्ता छन् । बाढीका कारण सो क्षेत्रमा भौतिक संरचनामा अत्यधिक क्षती पुगेको छ...

Read More

अष्ट्रेलियामा पनि बढ्यो बेरोजगारी दर

एजेन्सी– अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार गत मे – जुन महिनाको बिचमा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या ५० हजार २०० ले बढेको थियो । सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको सङ्ख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारीदर वृद्वि भएको हो । सहभागिता दरले काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ । जसको सङ्ख्या मे महिनामा ६६.८ प्रतिशतबाट बढेर जूनमा ६६.९ प्रतिशत पुगेको छ । जुन महिनामा सहभागिता दर सन्...

Read More

प्रधानमन्त्री ओलीले ६ गते विश्वास मत लिने, ७ गते सांसदहरूसँग पहिलो प्रश्नोउत्तर गर्ने

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा पहिलो पटक सांसदहरूसँग प्रश्नोउत्तर गर्ने भएका छन् । आज सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफलमा यसबारे छलफल भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डले बताए । उनका अनुसार प्रधानमन्त्री ओलीलेप्रधानमन्त्री ६ गते विश्वास मत लिने र ७ गते प्रश्नोउत्तर गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ६ गते विश्वास मत लिने र ७ गते प्रश्नोउत्तर गर्ने कार्यक्रम तय भएको छ । ओली प्रधानमन्त्री भएपछि पहिलो पटक सांसदसँग प्रश्नउत्तर हुन लागेको हो । प्रतिनिधिसभा नियमावलीमा हरेक महिना सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तको प्रावधान राखिएको छ । आजको बेठकमा प्रतिनिधिसभाको हरेक १५ दिनको कार्यतालिका...

Read More

डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न कामपाको आग्रह

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले डेङ्गी लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो । परामर्श सेवाका लागि कामपाले निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेङ्गीसम्बन्धी स्रोतव्यक्ति (फोकलपर्सन) ऋषि भुसालले जानकारी दिए । उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे। कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८...

Read More