Author: Himalaya Post

महान्यायाधिवक्ता वडालद्वारा शपथग्रहण

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश वडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । शीतल निवासमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले महान्यायाधिवक्ता वडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थित रहेको थियो । सरकारको कानुनी सल्लाहकारका रूपमा वडाललाई प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए...

Read More

आम नागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्छौँ : अर्थमन्त्री पौडेल

काठमाडौँ – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम नागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघसंगको छलफलका क्रममा पौडेलले निराशा चिर्दे आशा जगाउने उपायको खोजी गर्दै सरकार अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका हुन् । निजी क्षेत्रको मनोबल खस्किए मुलुकको अर्थतन्त्र नै धरासयी बन्ने भएकाले यसतर्फ मन्त्रालयले बिशेष ध्यान दिने उनले बताए । उनले अर्थतन्त्रमा देखिएको समस्याको चाङ प्रति आफु गम्भीर रहेकाले निजि क्षेत्रलाई पनि संगै लिएर अघि बढ्ने उल्लेख गरे । आन्तरिक र बाह्य कारण देखिएको समस्यालाई समाधान गर्नका लागि स्थिर सरकार बनेको उनको भनाइ छ । सरकारको सूचीमा अर्को...

Read More

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड

काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले हाल नेपाली बैंकिङ्ग उद्योगमा नै पहिलो पटक आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यकासाथ नेपाली रुपैयाँ र अमेरिकन डलरमा नियोन क्रेडिट कार्ड को सुविधा सञ्चालनमा ल्याएको छ । आधुनिक जीवनशैलीमा ब्यस्त रहने ग्राहक तथा देश विदेश यात्रा गर्ने वर्गलाई लक्षित गरी सञ्चालनमा ल्याईएको ‘नियोन क्रेडिट कार्ड’ डिजाइन तथा आवरणमा चम्किलो तथा मनमोहक छ, जुन बजारमा उपलब्ध अन्य प्रकारका कार्डहरुभन्दा बिल्कुलै भिन्न देखिन्छ । POS मर्चेन्ट सञ्जाल विस्तारमा उत्कृष्ट कार्यसम्पादन गरेको र भिसा क्रेडिट कार्ड उपयोग गर्न आफ्ना ग्राहकलाई प्रेरित गरी पुर्याएको उल्लेख्य योगदानको कदर स्वरुप भिसाद्वारा विशिष्ट अवार्डले सम्मानित भई नेपालको एक...

Read More

देशको अवस्थालाई उज्यालोतर्फ लैजानु अहिलेको आवश्यकता : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्थालाई उज्यालोतर्फ लैजानु अहिलेको आवश्यकता रहेको बताएका छन् । ६२ औं इन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एशोसीयसनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले देशको अवस्था राम्रो नभएको भन्दै त्यसलाई उज्यालो तर्फ लैजानु अहिलेको आवश्यकता रहेको बताएका हुन् । उनले देशको अवस्था राम्रो नभएपनि नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको धारणा राखे । उनले अहिले देशको अवस्था जस्तो भए पनि देशको भविष्य भने उज्वल भएकाले कुनै शंका नगरी देश निर्माणको काममा लाग्न आग्रह गरे । सरकाले हरेक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने उनको भनाइ छ । उनले...

Read More

अष्ट्रेलियामा बढ्यो बेरोजगारी दर

एजेन्सी – अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार गत मे-जुन महिनाको बिचमा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या ५० हजार २०० ले बढेको थियो । सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको सङ्ख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारीदर वृद्वि भएको हो । सहभागिता दरले काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ । जसको सङ्ख्या मे महिनामा ६६.८ प्रतिशतबाट बढेर जूनमा ६६.९ प्रतिशत पुगेको छ । जुन महिनामा सहभागिता दर सन् २०२३...

Read More