Author: Himalaya Post

‘कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउनुपर्दैन’

काठमाडौँ– कारागार व्यवस्थापन विभाग, केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले स्वास्थ्य सेवा प्रवाहलाई थप सुदृढ एवं चुस्त बनाएको छ । यसका लागि अस्पतालले विशिष्टिकृत तथा अतिआवश्यक स्वास्थ्योपचार सेवा आवश्यक पर्ने कैदीबन्दीलाई सरकारी तथा निजी अस्पतालसँग सम्झौता गरेर स्वास्थ्य सेवा चुस्त बनाएको हो । काठमाडौँ उपत्यकाभित्रका विभिन्न २३ स्वास्थ्य सेवासँग सम्बन्धित संस्थालाई प्रेषण (रिफरल) अस्पताल निर्धारण गरी कैदीबन्दीको उपचारमा प्राथमिकता दिएको हो । कारागार अस्पतालका प्रमुख डा प्रकाश बुढाथोकीले भने, “विशिष्टिकृत तथा अतिआवश्यक स्वास्थ्योपचार सेवा आवश्यक पर्ने कैदीबन्दीलाई विभिन्न २३ सरकारी तथा निजी अस्पतालसँग सम्झौता गरेर स्वास्थ्य सेवालाई चुुस्त बनाइएको छ । यसबाट कैदीबन्दीले...

Read More

एकल महिलालाई बालबच्चा हुर्काउनै कठिनाइ

टीकापुर– टीकापुर नगरपालिकाकी पार्वती सञ्यालका दुई बच्चा छन् । श्रीमान् निधनभएपछि उनले निकै कठिनाइ गरेर बालबच्चा स्याहारिरहेका छन् । ज्यालादारी गरेर बालबच्चा हुकाइ, पढाइ रहेकी पार्वतीलाई छोराछोरीको भविष्यको निकै चिन्ता छ । “छोरी अहिले १० कक्षामा पढ्छिन्, छोरीको धेरै पढ्ने इच्छा छ”, उनले भने, “मेरो कमाइ छैन । छोरीलाई शिक्षा दिन सक्दिन कि भन्ने पीरले सताउँछ । यस्तो बेला सरकारले हेरिदेओस् भन्ने चाहना छ ।” टीकापुर–३ कटानपुरकी रामपति चौधरीले तीन नातिनातिना पालेर बसेका छन् । रामपतिका छोरा कुलतमा फसेपछि बुहारीले अर्को विवाह गरेर गइन् । छोराबुहारीले नस्याहारेपछि एकल रहेकी रामपतिले सामाजिक सुरक्षा भत्ताले बच्चाको भोक मेटाइरहनुभएको छ । “म...

Read More

सुनको मूल्य तोलामा दुई सयले वृद्वि, कतिमा हुदैँछ कारोबार

काठमाडौँ– स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार नौ सय मूल्य निर्धारण भएको छ । यस्तै, आइतबार प्रतितोला रु एक लाख ४६ हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि रु एक लाख ४६ हजार दुई सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार आठ सय ७५ मा कारोबार भएको चाँदीको मूल्य आज रु एक...

Read More

ढोरपाटन सिकार आरक्षको राजश्व संकलनमा वृद्धि

काठमाडौँ– ढोरपाटन सिकार आरक्षमा पछिल्लो समय राजश्व संकलनमा वृद्धि हुँदै गएको छ । विशेषगरी विदेशी पर्यटकले सिकार गर्दे आइरहेको ढोरपाटन शिकार आरक्षमा प्रत्येक बर्ष सिकार खेल्नेको संख्या वृद्धि हुँदै जानु र सिकार टेन्डरको मूल्य बृद्धि हुँदै जाँदा राजश्वमा बृद्धि हुन थालेको हो । ढोरपाटन सिकार आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लामा पर्दछ । दुई सिजनमा हन्टिङको निम्ती टेन्डर आब्ह्वान गरेर उक्त क्षेत्रमा नाउर र झारलको सिकार गर्ने गरिन्छ । विदेशीका निम्ती सिकार शोखिनको पाटो हुँदै गर्दा निश्चित कोटा खुलाएर सिकार आरक्ष भित्र रहेका बन्य जन्तुको सिकार हुँदै आएको छ । गत आर्थिक बर्षमा कुल ३ करोड ४८ लाख राजश्व...

Read More

कांग्रेस–एमालेको नयाँ सरकार : पहिलो दिनमै २२ सदस्यीय मन्त्रिपरिषद् गठन, १९ ले लिए शपथ

काठमाडौं – कांग्रेस–एमाले समीकरणको नयाँ सरकारमा केपी शर्मा ओलीले पलिो दिनमै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । त्यसमध्ये १९ मन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्। ओली नेतृत्व सरकारको मन्त्रीहरुका कार्यविभाजन यसप्रकार रहेको छ : १‍. केपी शर्मा ओली, प्रधानमन्त्री २. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास ३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ ४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय ५. रमेश लेखक, गृह ६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार ७. आरजु राणा देउवा, परराष्ट्र ८. नवलकिशोर साह सुडी, महिला बालबालिका ९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी १०. दामोदर भण्डारी, उद्योग वाणिज्य...

Read More