Author: Himalaya Post

केपी ओलीद्वारा प्रधानमन्त्रीको पद तथा गोपनियता शपथ ग्रहण

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री केपी ओली शर्माले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । ओलीले शुक्रबार राति कांग्रेसका ८८ सांसदको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका थिए । कांग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ । ४५औँ प्रधानमन्त्रीका रूपमा नियुक्त भएका ओलीको सिंहदरबारमा योसहित चौथो इन्ट्री हो...

Read More

शेखर–गगन समूहले टुंग्यायो मन्त्रीको नाम, को–को बन्दैछन् मन्त्री ?

काठमाडौँ– नेपाली कांग्रेसको शेखर–गगन समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । शेखर–गगन समूहले आफ्नो भागमा परेको तीन मन्त्रालयका मन्त्रीहरुको नाम टुंगो लगाएको हो । जसमा प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने बुझिएको छ । यस्तै रामनाथ अधिकारी कृषिमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् । त्यसैगरि, तेजुलाल चौधरीको नाम पनिमन्त्रीका लागि पठाइएको स्रोतले जनाएको छ...

Read More

एमालेको मन्त्रीमा हेरफेर, को–को भए सिफारिस ?

काठमाडौँ– नेकपा एमालेले अन्तिम समयमा मन्त्रीहरूको नाम हेरफेर गरेको छ । आइतबार राति टुंगिएका नाममध्ये योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठको नाम हटाइएको छ । उनीहरूको ठाउँमा देवेन्द्र दाहाल, बलराम अधिकारी र मानवीर राईलाई मन्त्री बनाउने टुंगो लागेको छ । स्रोतका अनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल सिफारिस भएका छन् भने, पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्ने तय भएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायामन्त्रीमा देवेन्द्र दाहाल, उद्योगमन्त्रीमा दामोदर भण्डारी र शिक्षामन्त्रीमा विद्या भट्टराई सिफारिस भएका छन् । त्यसैगरी बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र मानवीर राई रक्षामन्त्री बन्दैछन् । यस्तै एमालेबाट राजकुमार गुप्ता पनि मन्त्री...

Read More

साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ । दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र निर्माण कम्पनीबीच २०८० साउन महिनामा रु ९३ लाख ५० हजार ४८६ मा ठेक्का सम्झौता भएको थियो । प्राविधिक नापजाँच र हस्तान्तरण हुन बाँकी रहेको पुल आवतजावतमा प्रयोग हुन थालेको कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बताए । “उपभोक्ताले प्रयोगमा ल्याइसकेको पुलको मूल्याङ्कन र ठेक्का टुङ्ग्याउन...

Read More

मनकामना केबुलकार ५० दिन बन्द हुने

मुग्लिन (चितवन) – मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकारबन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ । यसका दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका छन् । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका...

Read More