Author: Himalaya Post

दलितविहीन मन्त्रिपरिषद्, महिला २ जना मात्रै

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्माओलीले प्रधानमन्त्रीको शपथ लिएलगत्तै मन्त्रिपरिषद्लाई समेत पूर्णता दिएका छन् । ओलीले २ जना उपप्रधानमन्त्रीसहित १९ जना मन्त्री बनाएका हुन् । मन्त्रीमा नियुक्त भएकाहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए । पहिलो दिन नै मन्त्रिपरिषद्ले करिब पूर्णता पाउँदा सरकारमा दलितका प्रतिनिधित्व भने शून्य देखिएको छ । संविधान अनुसार समावेशीता अभ्यास गरिरहँदा मन्त्रिपरिषद्मा कुनै पनि दलित समुदायका सांसदले अवसर नपाएका हुन् । यस्तै १९ जनामध्ये २ जना मात्रै महिलाहरु मन्त्री बनेका छन् । काँग्रेसबाट परराष्ट्रमन्त्रीमा आरजु राणा देउवा तथा एमलेबाट विद्या भट्टराई मन्त्री बनेका हुन् । नवनियुक्त मन्त्रीहरुमा नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंह र...

Read More

दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि

उदयपुर (गाईघाट) – जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् । ढुवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेपछि उपभोक्ताले अनुगमन नहुँदा व्यापारीको मनपरी दर कायम गरेर उपभोक्ता ठगेका गुनासो गरेका छन् । त्रियुगा नगरपालिका–११ गाईघाट सङ्गम टोलका सुजाता खड्काले दुई हप्ताभित्र तरकारी र फलफूलको मूल्य तेब्बरले वृद्धि भएको बताए । “असारको दोस्रो सातासम्म गोलभेँडाको प्रतिकिलो रु ५० पर्नेमा अहिले रु एक सय पचास पर्छ”, उनले भने । स्थानीय राजु धमलाले दुई साताभित्रै तेब्बरले मूल्य वृद्धि गरेर व्यापारीले...

Read More

बागलुङ ट्राफिकद्वारा एक करोड बीस लाख राजस्व सङ्कलन

ढोरपाटन (बागलुङ)– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा सङ्कलित उक्त राजस्व हालसम्मकै धेरै हो । पछिल्लो तीन वर्षयता राजस्व सङ्कलन बढ्दो क्रममा छ । आव २०७८/७९ मा ६९ लाख ९८ हजार पाँच सय राजस्व सङ्कलन गरेकामा गत आवमा एक करोड १८ लाख १० हजार सङ्कलन भएको थियो । चालु आवमा ट्राफिक प्रहरीले सबैभन्दा धेरै कार तथा जीप र सबैभन्दा कम बस चालकलाई कारबाही गरेको छ । सात हजार दुई सय ९५ कार तथा जीप र एक हजार एक सय ५६ बस चालकलाई...

Read More

रिद्धि सिद्धि सिमेन्टको “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इयर २०८१” छात्रवृत्ति कार्यक्रम सम्पन्न

काठमाडौँ– रिद्धि सिद्धि सिमेन्ट लि.ले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि पुन आयोजना गरेको “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८१” को छात्रवृत्ति कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिएकोे छ । यस छात्रवृत्ति कार्यक्रममा कुल १४५ विद्यार्थीहरु सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट रिद्धि सिद्धि सिमेन्ट लि. ले आयोजना गरेकोे यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरिएकोे थियो । यस कार्यक्रममा मकवानपुर जिल्लाबाट एस.ई.ई परीक्षामा ४ जि.पि.ए. ल्याएकी सुश्री रितिका छत्कुलीलाई सम्मान स्वरूप नगद रु १०,००१ प्रदान गरिएको थियो । साथै यस कार्यक्रममा हेटौडा उप महानगरपालिकाका उप मेयर...

Read More

पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक मेघनाथ चापागाईले ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको र सडक खुलाउन प्रहरी त्यसर्फ प्रस्थान गरिसकेको जानकारी दिए । यस सडकअन्तर्गत मनाङखण्ड भने यही १८ गते साँझदेखि अवरुद्ध रहँदै आएको छ । चामे गाउँपालिकास्थित तिमाङ खोलामा काठे पुल र सो नजिकै पक्की मोटरेवल पुल बाढीले बगाएपछि सवारी सञ्चालन हुन सकेको छैन । आवागमन रोकिँदा मनाङवासी समस्यामा परेका छन्...

Read More