Author: Himalaya Post

बस पहिरोमा परेपछि पर्सामा रहेका आफन्त चिन्तित

वीरगञ्ज– पर्साको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको रात्रिबस भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा बेपत्ता भएपछि यहाँ रहेका आफन्त तथा परिवारजन चिन्तामा छन् । बिहीबार राति ८ बजे छुटेको एञ्जल यातायातको प्रदेश ३ ०१–०० ख १५१६ नम्बर बसमा चालकसहित २४ जना रहेका थिए । स्थानीय दशै पण्डितले आफ्नो काका प्रमानन्द पण्डित सोही बसमा सवार रहेकामा बिहीबार रातिदेखि सम्पर्कविहीन हुँदा परिवारजन चिन्तामा परेको बताए । “हिजो रात्रिबस चढेर काठमाडौँ जाँदै हुनुहुन्थ्यो, एक्कासी उहाँ चढेको बस पहिरामा हराइरहेको सुनियो, त्यसयता परिवारमा खुसी हराएको छ”, बसपार्कमा भेटिएका उनले भने, “काकासहित बस सवार सबै यात्रु सकुशल रहेको सुखद खबरको प्रतिक्षामा छौँ ।” एञ्जल डिलक्स प्रालीका...

Read More

धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले बाढीपहिरोका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दैवी विपत्तिबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै ६० जना यात्री बेपत्ता भएको खबरले आफू मर्माहत भएको बताएका छन् । बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएको छ । मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणसम्बन्धी पूर्वतयारीलाई व्यवस्थित तुल्याउन, उद्धार र रातहका निम्ति सहकार्य र समन्वय गर्न सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई प्रधानमन्त्रीले निर्देशन दिए...

Read More

प्रतिनिधि सभा बैठक : चितवन पहिरोमा बेपत्ता भएकाको खोजी र उद्धार गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाका सांसदहरुले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा बससहित बेपत्ता भएका यात्रुहरुको खोजीकार्यलाई तीव्रताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मीक समयमा उनीहरुले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसाएर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै खोजी कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । साथै उनीहरुले मनसुन अवधिभर जोखिमयुक्त सडकखण्डमा रात्रीबस सञ्चालनमा रोक लगाउनुपर्ने जनाएका छन् । सांसद शंकर भण्डारीले भारी बर्षका कारण तराइ क्षेत्रमा डुवान र पहाडी क्षेत्रमा पहिरो जाने क्रम जारी रहेकाले सिंगो सदन एक भएर नेपाली नागरिकको जीवन रक्षाका लागि जुट्नुपर्ने बताए । उनले चितवनमा भएको घटनाप्रति...

Read More

प्रतिनिधि सभा बैठक : प्रधानमन्त्रीले पाँचौं पटक विश्वासको मत लिँदै (लाईभ)

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । नेकपा एमाले, जसपा तथा नाउपा लगायतले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् । प्रचण्ड २०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणका लागि सहमति बनेसँगै उनले संविधानको धारा १०० को उपधारा (२) अनुरुप विश्वासको मत लिने भएका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । प्रचण्डलाई विश्वासका मत नदिन कांग्रेस तथा एमाले...

Read More

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । आज बसेको पार्टी संसदीय दलको बैठकले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो । बैठकले सबै सांसदहरूलाई प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् । प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि आह्वान गरिएको छ । नेकपा एमालेले कांग्रेससँग मिलेर नयाँ समीकरण बनाएसँगै प्रचण्डले विश्वासको मत लिन लागेका हुन्...

Read More