Author: Himalaya Post

मनसुनमा एलजीका वाशर ड्रायर वासिङ मेसिन : धुनेसँगै कपडा सुकाउने काम पनि एकैपटक !

काठमाडौँ – मनसुनको समयमा कपडा धोएर सुकाउन निकै झन्झट हुने गर्छ । कपडा धोएपनि पटक पटक हुने झरीले सुकाउन पनि निकै चुनौती हुन्छ । त्यसको विकल्पमा बजारमा एलजीका विभिन्न क्षमताका वाशर ड्रायरहरु उपलब्ध छन् । सामान्य प्रकृतिका वासिङ मेसिनले कपडा धुने मात्रै काम गर्छ, सुकाउन भने घामकै निर्भर हुनुपर्छ । सोही अवस्थालाई दृष्टिगत गर्दै सिजी इलोक्ट्रोनिक्सले कपडा सुकाउने सुविधा भएको एलजीको वाशर ड्रायर वासिङ मेसिन बजारमा ल्याएको छ । जुन वासिङ मेसिनले कपडा धुने मात्रै होइन, कपडालाई पुर्ण (शतप्रतिशत) रुपमा सुकाउने काम पनि गर्ने सिजी इलोक्ट्रोक्सिले जानकारी दिएको छ । नेपालमा सिजी इलोक्ट्रोनिक्स नै लाइफस् गुड अर्थात् एलजीको आधिकारीक...

Read More

बजेटलाई सन्तुलनमा ल्याउने काम भइरहेको छ : मुख्यमन्त्री कार्की

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटलाई सन्तुलनमा ल्याउने काम भइरहेको बताएका छन् । बिहीबार प्रदेशको सामाजिक बिकास मन्त्रालयले बिराटनगरमा आयोजना गरेको लैङ्गिक रूपान्तरणकारी दृष्टिकोण तथा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धि कार्यक्रमका बोल्दै उनले यसअघि बजेट निर्माण गर्दा जानेर वा नजानेर गल्ती भएको भन्दै अहिले सन्तुलनमा ल्याउने काम भइरहेको बताएका हुन् । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको संरचना र पूर्वाधार निर्माणमा अत्यधिक समय र साधन श्रोत खर्चिनुपर्ने अवस्था भएकाले लैंगिक उत्तरदायी बजेट निर्माण हुन नसकेको बताए । लैंगिक रुपान्तरणका लागि लैंगिक उत्तरदायी बजेट ल्याउने कुरामा प्रदेश सरकार सचेत रहेको उनले बताए । त्यस्तै कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले महिला अधिकार...

Read More

रकम सङ्कलन गरी पदमार्गमा पूर्वाधार निर्माण

म्याग्दी – जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्गमा दाताको सहयोगमा रकम सङ्कलन गरी पूर्वाधार निर्माण गरिएको छ । रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाले दातासँग सहयोग जुटाएर पदमार्गको सङ्धीखर्कमा दुईकोठे सार्वजनिक शौचालय, खानेपानीलगायत पूर्वाधार निर्माण गरेका हुन् । “केही समयअघि मौरिस हर्गोज पदमार्ग भएर अन्नपूर्ण आधार शिविरको पदयात्रामा जाँदा सार्वजनिक शौचालय, खानेपानी र फोहर व्यवस्थापनको आवश्यकता महसुस गरेकी थिएँ”, ललिताले भने, “शौचालय बनाउन सामाजिक सञ्जालमार्फत गरेको आग्रहमा दाताहरूले सहयोग गर्नुभयो र बर्खायाम भए पनि निर्माण गर्न सफल भयौँ ।” अध्ययनका लागि अष्ट्रेलियामा गएकी शेरपुञ्जा अहिले स्वदेश फर्किएकी छन् । शौचालय निर्माणलगायत पूर्वाधार निर्माण गर्न पदमार्गका अभियन्ता तेज गुरुङ...

Read More

नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग भयो : संसदीय छानबिन समिति

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको देखिएको जनाएको छ । बिहीबार सिंहदरबारमा विभिन्न सरोकारवाला निकायसंगको छलफलमा क्रममा राज्यका नियमनकारी निकायहरुले ध्यान नदिदा र कमजोर नियमन हुँदा सहकारी क्षेत्रलाई दुरुपयोग गर्ने व्यक्तिहरुले मौका छोपको निष्कर्ष निकालिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । सहकारी क्षेत्रमा संरचनागत प्रवन्धको कार्यान्वयन नगर्ने, कानुनले निर्धारण गरेका संरचना बनाउँदै नबनाउने, नियमनकारी निकायहरु कमजोर हुने र दोश्रो चरणको नियमनकारी निकाय २० वर्षसम्म छलफलमा मात्रै सिमित हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको उनले बताए । बिहीबार समितिले अर्थसचिव, राजस्व सचिव, भन्सार बिभागका महानिर्देशक, आन्तरिक राजस्व...

Read More

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले प्रचण्डको विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए । अहिले कांग्रेस–एमालेको नयाँ गठवन्धनमा सामेल हुने–नहुने विषयमा भने कुनै निर्णय नगरेको उनले बताए । उनले नयाँ सरकार गठन भइसकेपछि र संविधान संशोधनमा विषयमा स्पष्ट धारणा आएपछि पार्टीभित्र छलफल गरेर आवश्यक निर्णय गर्ने बताए । उनले सरकारको नेतृत्व पटक पटक परिवर्तन हुँदा दलहरुले जनताको अवस्थामा बारेमा ध्यान दिन जरुरी रहेको जिकिर गरे...

Read More