Author: Himalaya Post

दोहोरो अंकले बढ्यो नेप्से, करिब ५ महिनापछि २२ सयको बिन्दु पार

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर २ हजार २०४.६१ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.९० अङ्कले उकालो लागेर ३९१.६६ मा पुगेको छ । नेप्सेका अनुसार कूल २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर रु ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ मूल्यमा कारोबार भएको छ । बलेफी हाइड्रोपावर ९.९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड ९.९७, एनआइबिएल स्टेबल फण्ड ९.८३, जानकी फाइनान्स ८.७६ र सिटिजन म्युचुअल फण्ड...

Read More

असार मसान्तसम्म भुक्तानी नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी

काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म पनि आफूहरुको भुक्तानी नभए निर्णायक संघर्ष गर्ने चेतावनी दिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आर्थिक बर्ष समाप्त हुनै लाग्दा पनि व्यवसायीहरुको अर्बौं रकम भूक्तानी हुन बाँकी रहेकाले रकमान्तर गरि अहिलेसम्मको बाँकी रकम असार मसान्त भित्र भुक्तानी गर्न सरकारसंग माग गरेको हो । आफूहरुको समस्या समाधान नभए निर्णायक संघर्ष गर्न बाध्य हुने महासंघले चेतावनी दिएको छ । भुक्तानीको विकराल समस्या भोग्न बाध्य भइ निर्माण व्यवसायीहरुले केही स्थानीय निकाय, प्रदेश र संघका विकासे कार्यालयहरुमा तालबन्दी सुरु गरेको संघका अध्यक्ष रवि सिंहले बताए । उनले असार मसान्तभित्र सबै भुक्तानी निकासा फुकुवाको...

Read More

राजनीतिक स्थायित्वका लागि नयाँ समीकरण !

काठमाडौँ – राष्ट्रिय राजनीतिमा लामो समयदेखि प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच नयाँ सरकार गठनका निम्ति भएको समझदारीलाई आम नागरिकले चासोका साथ हेरेका छन् । राजनीतिक दलहरूबीच अब फेरि अर्को सहमति नभए संसद्मा पहिलो र दोस्रो स्थानमा रहेका दलबीचको सहमतिमा नयाँ सरकार बन्ने छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नयाँ सरकारको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नागरिकमा आशा जगाउने गरी राजनीतिक स्थायित्वसँगै स्थिर सरकार गठन तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रमुख शक्ति सहयात्रामा अघि बढेको बताए । प्रमुख...

Read More

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका आफ्नो दलका सांसदलाई निर्देशन दिएको छ । प्रधानमन्त्री दाहालले यही असार २८ गते बिहान ११ बजे प्रारम्भ हुने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको हो । पार्टीका प्रमुख सचेतक रमेश लेखकले उक्त निर्देशन जारी गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् । उनलाई समर्थन गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले...

Read More

भरतपुर अस्पतालमा एमआरआई सेवा सञ्चालनमा आउँदै

चितवन – भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो । प्रा डा पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको रु २५ करोड र अस्पताल विकास समितिको रु पाँच करोड गरी रु ३० करोडमा मेसिन खरिद गरिएको हो । स्वास्थ्य बीमाले तय गरेको रु नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उनले जानकारी दिए । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ । अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा विपी कोइराला...

Read More