Author: Himalaya Post

नयाँ सरकार गठनको प्रक्रियामा गएपछि एमालेसँगको सहमति सार्वजनिक हुन्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकार गठनको प्रक्रियामा गएपछि एमालेसंग भएको सहमति सार्वजनिक हुने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले सदनमा विश्वासको मतको प्रक्रिया सकेर नयाँ सरकार गठन हुने प्रक्रियामा गइसकेपछि मात्रै कांग्रेस–एमालेबीच भएको सहमति सार्वजनिक हुने बताएका हुन् । पार्टीका सबै सदस्यहरुलाई सहमतिका सवै बुँदाका बारेमा जानकारी गराइसकिएको भन्दै थापाले एमालेसंग भएको सहमतिको इमान्दारीताका साथ पालना हुने बताए । उनले महामन्त्रीको रुपमा काम गर्दा समयको दबाब रहेकाले आफु सरकारमा नजाने र महामन्त्रीकै रुपमा काम गर्ने पार्टी नेतृत्वलाई जानकारी गराएको बताए । त्यस्तै थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन...

Read More

बढीपहिराले देशका विभिन्न भागमा क्षति, राजमार्ग अवरुद्ध

काठमाडौँ – निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । रासस समाचारदाताहरूका अनुसार लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् । पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित झोलुङ्गु पुल र सिमलतालमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ । पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ । इलाका प्रहरी...

Read More

निरन्तरको वर्षाका कारण नदीहरुमा बढ्यो जलसतह

चितवन – वर्षाका कारण देशभरका नदीहरुमा जलसतह बढेको छ । चितवनको नारायणी, राप्ती, मकवानपुरको बकैया नदी लगायतको जलसतह बढेको हो । देशभरकै खोला, नदीमा बाढीले क्षति पुर्याउने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । यस्तै अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय उच्च सतर्कतामा रहेका छन् । वर्षाका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध समेत गरेको छ...

Read More

विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

विराटनगर – विराटनगर महानगरपालिकाले पुँजीगत खर्चमा सुधार भएको छ । गत आर्थिक वर्षमा ५० प्रतिशत पुँजीगत खर्च गरेकामा चालु आर्थिक वर्षमा थप १५ प्रतिशत सुधार गर्दै ६५ प्रतिशत खर्च गरिएको महानगरले जनाएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ रु एक अर्ब ६७ करोड ५१ लाख विनियोजन गरेकामा रु एक अर्ब आठ करोड ९१ लाख खर्च गरिएको महानगर प्रमुख नागेश कोइरालाले जानकारी दिए । नियमित अनुगमन, जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीबीचको प्रभावकारी समन्वयका कारण पुँजीगत खर्च बढेको उनको भनाइ छ । “सबैको साथ र सहयोगबाट पुँजीगत खर्च बढेको हो । आगामी आर्थिक वर्षमा यसमा अझै सुधार गर्ने दृढताका साथ...

Read More

‘भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्रमा सुधार आएन’

नवलपुर (नवलपरासी) – देशमा भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्र सुधार हुन नसकेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्तपूर्व)को गैँडाकोटस्थित विजय विकास स्रोत केन्द्रकोे ४६औँ स्थापना दिवसको अवसरमा आज आयोजित ‘सहकारी सुशासनः असल अभ्यास, चुनौती र आगामी बाटो’ विषयक सहकारी संवादमा विज्ञहरूले देशको पुँजीगत बजेट पर्याप्त खर्च नहुँदा अर्थतन्त्र सुधार हुन नसकेकामा चिन्ता व्यक्त गरेका हुन् । काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार एवं अर्थशास्त्री प्रा डा अच्युत वाग्लेले पुँजीगत खर्च हुन नसक्नु देश विकासका लागि चुनौतीपूर्ण भएको बताए । “सरकारले बजेटको करिब १८ प्रतिशत रकम विकास खर्च छुट्याउँछ त्यसको पनि बल्लबल्ल ४० प्रतिशत मात्रै खर्च हुन्छ, अर्थतन्त्रको सुधार...

Read More