Author: Himalaya Post

संविधान संशोधन गर्न आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताएका छन् । पार्टीको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग पनि यसै विषयमा छलफल भएको तर, संविधानका यी धारा र यी विषयमा परिवर्तन गर्ने भन्ने बारेका कुनै सहमति नभएको प्रष्ट पारे । संविधान संशोधनको लागि आयोग बनाउने सहमति पनि नभएको उनले बताए । अध्यक्ष ओलीले एमाले र कांग्रेसबीचको समीकरण राजनीतिक स्थायित्व र विकासको लागि भएको बताए । एमाले र कांग्रेस मिलेर संविधान र व्यवस्था नै समाप्त पार्न लागेको भ्रामक प्रचारप्रति उनले आपत्ति जनाए । प्रदेशहरूमा महिना–महिनामा सरकार फेरिने स्थिति बनेका मापनि उनले...

Read More

गुठीचौरमा प्याराग्लाइडिङ परीक्षण उडान

जुम्ला – यहाँको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ । पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलोपटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए । “परीक्षण उडान सफल भएको छ”, अध्यक्ष बुढाले भने, “अब दुईजना प्याराग्लाडिङ पाइलट राखेर गाउँपालिकाले नियमित उडान गर्ने छ ।” पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले गुरुयोजना बनाई कार्यान्वयन गर्ने गाउँपालिका अध्यक्ष बुढाको भनाइ छ । सो गाउँपालिकाका स्थानीयवासी टेकबहादुर भण्डारीले गुठीचौरमा पहिलोपटक आकाशमा प्याराग्लाडिङ देख्न पाउँदा निकै...

Read More

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबीच त्रिपक्षीय समझदारी, जापान जान कर्जा पाइने

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान)बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार, जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीहरुलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्नेछ । बैंकले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान इच्छुक विद्यार्थीहरुलाई वित्तीय व्यवस्थापनमा सहयोग पुग्नेछ । जाल्सानमार्फत...

Read More

नाउपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, विश्वासको मत नदिने

काठमाडौँ – रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले प्रधानमन्त्री पुष्पककमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने समेत निर्णय गरेको छ । नाउपाले अब बन्ने काँग्रेस–एमालेको सरकारलाई समर्थन दिने समेत तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत नपाए सोही दिन पदमुक्त हुनेछन् र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । नयाँ सरकार गठनका लागि दुई ठूला दल काँग्रेस र नेकपा एमालेले सहमति गरिसकेका छन् । जसअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी...

Read More

काठमाडौँमा दीर्घकालीन खानेपानीको व्यवस्था गर्न मेलम्चीको ‘हेडवर्क्स’ सार्नुपर्ने

काठमाडौँ – खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले काठमाडौं उपत्यकामा दीर्घकालीन रुपमा खानेपानीको व्यवस्था गर्न मेलम्ची खानेपानीको ‘हेडवर्क्स’लाई सार्नुपर्ने बताएका छन् । सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाले बर्षायाममा मेलम्ची खानेपानीको हेडवर्क्सलाई बन्द गरेर समस्या समाधान नहुने भन्दै बाह्रै महिना उपत्यकामा खानेपानीको व्यवस्था गर्न मेलम्ची खानेपानीको ‘हेडवर्क्स’लाई सार्नुपर्ने बताएका हुन् । उनले विभिन्न विभागले गरेको अध्ययनका आधारमा पनि ‘हेडवर्क्स’लाई सार्नुको बिकल्प नभएको जानकारी दिए । आचार्यले बिपदबाट हेडवक्र्समा करिव ८० देखि ९० करोडको क्षति भएकाले केहि रकम एडिविले अनुदानमा उपलव्ध गराउने प्रतिवद्धता आएको बताए । उनले जलाधारको मुहान भएको निकुञ्जबाट पानी ल्याउनका लागि...

Read More