Author: Himalaya Post

सिटिजन्स बैंक र कान्तिपुर डेन्टल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता 

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बसुन्धरा, काठमाडौं स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल...

Read More

सहकारी ठगीसम्बन्धी संसदीय समितिद्वारा पीडितसँग छलफल

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गरेको छ । सिंहदरबारमा बुधबार समितिले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पीडितहरुसंग छलफल गरेको हो । सो क्रममा उनीहरुले बचत फिर्ताका लागि आन्दोलन गरे पनि सरकारले आफुहरुको समस्या नसुनेको गुनासो गरेका थिए । त्यस्तै उनीहरुले अधिकांश सहकारी ठगहरु स्वदेशमा रहेपनि सरकारले देश बाहिर रहेका सहकारीलाई मात्र खोज्ने प्रयास गरेको बताएका छन् । समिति संयोजक सूर्य थापाले सहकारी पीडितलाई न्याय दिन आवश्यक सुझाव दिनका लागि पीडितहरुसंग छलफल गरेको बताए । बचतको अपचलन गर्ने नियतका साथ आएका सहकारीले ठगी गरेकाले सबै सहकारीले ठगी...

Read More

ललित स्मृति एन्फा यु-१८ युथ लिग असार ३० देखि आयोजना हुँदै

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा यही असार ३० देखि ललित स्मृति एन्फा यु–१८ युथ लिग आयोजना हुने भएको छ । एन्फाले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा यु–१८ युथ लिग आयोजना गरिएको जानकारी दिएको हो । लिगमा एपीएफ फुटवल क्लब, चर्च व्याइज फुटबल क्लब, एफसी खुमलटार, मछिन्द्र क्लब, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, सातदोबाटो युथ क्लब, श्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब गरि १२ क्लव सहभागी हुने एन्फा प्रवक्ता सुरेश शाले जानकारी दिए । खेल डबल राउन्ड रोविनका आधारमा हुने उनले बताए । उनले एन्फाले...

Read More

प्रधानमन्त्रीको ब्रिफिङ : एमालेले ढाँटछल गरेर कांग्रेससँग गठबन्धन गर्यो

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढाँटछल गरेर एमालेले कांग्रेससंग गठबन्धन गरेको बताएका छन् । सिंहदरबारमा बुधबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले कांग्रेससंग सहमति भएपछि पनि एमाले अध्यक्ष केपी ओलीले आफुसंगको छलफलमा आफ्नो सरकारलाई समर्थन जारी रहने भन्दै ढाँटछल गरेको बताएका हुन् । उनले आफुले सदनमा विश्वासको मत लिने र त्यसपछिको अवस्थामा संसदमा सशक्त भूमिका निर्वाह गर्न सवै दलहरुलाई साथमा लिने बताएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकले प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्दै अन्य दलहरुसंग पनि विश्वासको मतका लागि अपिल गर्ने निर्णय भएको पाण्डेले बताए । संविधानको व्यवस्थाअनुसार नै...

Read More

पासपोर्ट र सहकारी गठी प्रकरणमा रविमाथि पार्टीले समेत छानबिन गर्नुपर्छ : मुकुल ढकाल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्त भएका डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेमाथि पासपोर्ट दुरुपयोग र सहकारी ठगी प्रकरणमा पार्टीले समेत निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले सर्वोच्च अदालतले समेत रविमाटि अनुन्धान हुनुपर्ने बताइसकेकाले संसघीय छानबिन समितिका अलावा पार्टीभित्र निष्पक्ष समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने बताएका हुन् । ‘हिजोको दिनमा उहाँले आफूमाथि कुनै जाहेरी, उजुरी छैन भनेपछि हामीले स्वीकार गरेका थियौँ । तर, आज सर्वोच्च अदालतले उहाँमाथि अनुसन्धान हुनुपर्छ भनिसकेको छ ।’ उनले भने, ‘रवि लामिछानेको क्लबले गर्नेवाला छैन, तर अब राष्ट्रिय स्वतन्त्र पार्टीले अब सर्वोच्चको फैसलालाई कदर गर्दै पार्टीभित्र उच्चस्तरीय स्वतन्त्र...

Read More