प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रद्वारा ह्वीप जारी
काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । बुधबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले उक्त ह्वीप जारी गरेको मुख्य सचेतक हितराज पाण्डेले बताए । प्रधानमन्त्री प्रचण्डले असार २८ गते (शुक्रबार) प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । प्रमुख सत्तारुढ दल नेकपा एमाले लगायतका पार्टीले सरकारलाई दिदएको समर्थन फिर्ता पलएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो । करिब डेढ वर्षको अवधिमा ४ पटक विश्वासको मत लिएका प्रचण्डको यो पाँचौँ पटक हुनेछ । यस पटक भने उनले विश्वासको मत गुमाउने र पदमुक्त हुने निश्चित भएको छ । किनकी प्रमुख २ ठूला...
Read More

























